27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

एक्सपर्ट स्कुल क्रिकेट लिगको उपाधि बाल्मिकी शिक्षा सदन लाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

राकेश तिमल्सिना ।

भरतपुरको बाल्मिकी शिक्षा सदनले राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको उपाधि हात पारेको छ । विशाल चोकस्थित नौ बिगाहा मैदानमा आज भएको फाइनलको खेलमा बाल्मिकीले भरतपुरको एडभेन्चर इंग्लिस स्कुललाई ७१ रनले पाखा लगाउदै उपाधि कब्जा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बाल्मिकीले २३ दशमलव ५ ओभरमा अलआउट हुदै १ सय २८ रनको योगफल तयार पारेको थियो । उस्का लागि विशाल भट्राई २१ र समिर अधिकारीले १८ रन जोडेका थिए । बलिङतर्फ एडभेन्चरका प्रयास गौतमले ३ तथा सुजन थापा र पर्वत श्रेष्ठले समान २ विकेट हात पारे । १ सय २९ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एडभेन्चरले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै ५७ रनमात्र बनाउन सक्यो । टोलीका लागि सुजन थापाले १३ रनको योगदान गरेका थिए । अन्य खेलाडीले दोहोरो आकाँडामा रन स्कोर गर्न नसक्दा बाल्मिकीलाई उपाधि सुम्पिन बाध्य भयो । बलिङतर्फ बाल्मिकीका अनुराग सुवेदीले ४ र सुजन भट्राईले ३ विकेट लिए । जितसँगै बाल्मिकीले अन्य ७ क्षेत्रको बिजेतासँग च्यापियन्स ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछ ।  उत्कृष्ट बलिङ गरेका बाल्मिकीका अनुराग सुवेदी प्लेयर अफ द म्याच घोषित भए । खेल हेर्न आएका दर्शकमध्येबाट सोनम गुरुङ लक्की ड्र मार्फत एक्सपर्ट फ्यान अफ द डे को घोषित भएकी छिन । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले रु २ हजार प्रदान गर्यो । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान सनराइजका आशिष लम्साल घोषित भए । उत्कृष्ट बलरको उपाधि एडभेन्चरका प्रयास गौतमले प्राप्त गरे । उत्कृष्ट फिल्डरमा एडभेन्चरका पवन घले पुरस्कृत भए । म्यान सिरिजको उपाधि एडभेन्चरका विकेटकिपर विनोद गुरुङले प्राप्त गरे । चितवन र आसपासका १० विद्यालयको सहभगितामा सञ्चालन भएको प्रतियोगिता माघ २८ देखी फागुन ७ गतेसम्म चलेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!