27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

आफ्नै कामदार युबतीले अपहरण गरिन ब्यापारीलाई, फिरौती लिएर फरार

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-८ , काठमाडौं । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडाैंको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ ।

सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो । अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए ।

सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए । महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले  भने ।आजको राजधानी दैनिकमा समाचार छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!