27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवालापरासीकी महिलाको पीडा… न त बिदेश गएका श्रीमान फर्के न त भएको घरखेत रहयो …

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-६, कावासोती , विहे गरेको ४ महिनामा विदेश गएका श्रीमान ९ वर्षसम्म घर नफर्केपछि श्रीमतीले कसरी जिवन काटिरहेकी होलिन ? सम्झदा पनि कति कहाली लाग्छ , गर्भमा छोडेर गएको छोरा अहिले ३ कक्षामा पढ्ने भएको छ । कुनै दिन त घर सम्झेर, छोरा सम्झेर आउलान नी भनेर घर कुरेर बसिरहेको वर्षै वित्दा समेत श्रीमान नफर्केपछि नवलपरासी नया वेलहानी गाविस ४ निवासी २९ वर्षकी लिला कुमाललाई रातदिन चिन्ताले सताएको छ । घरमा बुढा सासु ससुरालाई स्याहार सुसार, छोराको लालनपालन, शिक्षादिक्षा , अनि श्रीमानले विदेश जादा लाएको रिन कसरी तिर्ने भन्ने चिन्ताले उनलाई गालेको छ ।
लिला र उनका श्रीमान शिवु कुमालविच २०६४ सालमा प्रेम विवाह भएको थियो । विहे गरेको ४ महिनामा मलसिया पसेका श्रीमान अहिलेसम्म घर फर्केका छैनन । ३ वर्षअघिसम्म फोन सम्पर्कमा रहेका शिवु अहिले सम्पर्कमा नै नभएको लिला बताउछिन । ३ वर्षअघि पुष १७ गतेका दिन उनको श्रीमानसंग अन्तिम पटक सम्पर्क भएको थियो त्यसपछि श्रीमान कहा छन के गरिरहेका छन भन्ने कुनै खबर नआएको उनले बताईन । श्रीमानको खबर कहिकतैबाट पाईन्छ कि भनेर मलेसियामा भएका आफन्त, श्रीमानका साथी सबैलाई सोधपुछ गर्दा पनि खबर पाउन नसकेको उनको भनाई छ ।
विदेश जादा श्रीमानले लाएको १२ लाख रुपैया ऋण तिर्नका लागि भएको घरखेत समेत बेच्नुपरेको लिलाले बताईन । ‘विदेश जादा १२ लाख रुपैया रिन लागेको थियो । विदेश गएपछि कहिले १५ हजार कहिले २० हजार गरेर ९० हजार जती पठाउनुभएको थियो त्यो सासु विरामि हुदा खर्च भयो । साउलाई रिन तिर्न नसकेर भएको घरखेत सबै बेचेको हो सबै बेच्दा पनि ६ लाख रुपैया मात्रै तिर्न पुग्यो अझै ६ लाख रुपैया तिर्न बाकी छ । अहिले बगरमा थोरै जग्गा लिएर सानो घर बनाएर बसेका छौ ।’ लिलाले भनिन ।
केहि समय अघिबाट गाउमै रहेको मझुवा ईङ्गलिय स्कूलमा कार्यालय सहयेगीकोे रुपमा काम गर्न थालेकी छन लिलाले, छोराले पनि यसै स्कुलमा पढ्छन । जनतन घर त चलेको छ तर साउको रिन कसरी तिर्ने भन्ने चिन्ताले भने उनलाई रातदिन सताईरहन्छ । यो भन्दा पनि अझै ठूलो चिन्ता उनलाई छोराले गर्ने प्रश्नले हुन्छ ।

bidesh
‘रिन त बरु जसोतसो गरेर तिरौला तर छोरालाई मैले के भन्ने जतिखेर पनि ममी मेरो बाबा कुन हो ? मेरो बाबासंग एकपटक भेट गराईदिनुहुन भनेर भन्छ । मैले के जवाफ दिउ केहि भन्नै सक्दिन । आफु त जसोतसो मन बुझाएर बसेको छु तर छोरालाई के भनेर बुझाउ ’ लिलाले भनिन । श्रीमानको खोजी गर्नका लागि कावासोतीमा रहेको सुरक्षित आप्रवासन सुचना तथा परामर्स केन्द्रमा समेत आग्रह गरेको लिलाले बताईन ।
सुचना केन्द्रकी रञ्जना लम्सालका अनुसार शिवुको खोजीका लागि दुतावासमा खबर गरिसकिएको छ । मलेसियामा रहेका नेपालीहरुसंग समेत सम्पर्क गरेर कहि कतै भेट खबर गर्न समेत भनेको भएपनि अहिलेसम्म उनको कुनै खबर आएको छैन । खोजीका लागि आफुहरुले पहल गरिरहेको लम्सालले बताईन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!