27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

निर्वाचनका लागि विपक्षी संग सहमति भइसकयो ः प्रचण्ड

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन ६
खगराज सापकोटा
कावासोती – प्रधानमन्त्रि पुष्पकमल दाहालले विपक्षी एमाले र मधेशी मोर्चासंग निर्वाचनका विषयमा सहमति भएकाले केही दिनमा नै निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । आगामी माघ सम्ममा निर्वाचन नगरे अहीले सम्मका प्राप्त उपलब्धि गुम्ने भन्दै निर्वाचन गर्न सरकार घनिभुत तबरमा लागि परेको बताउनुभयो । जिल्लाको दलदलेमा आज बाट सुरु भएको प्रथम ऐतिहासीक देवचुली महोत्तसवको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्रि दाहालले यस्तो बताउनुभएको हो । मुलुकमा देखीएको अस्थिरता लाई चिरेर हिमाल , पहाड र तराईमा शान्ति र विकासको गति बढाउन सरकार लगातार लागि परेको भन्दै मधेशी , आदीबासी जनजाती , अल्पसंङख्यक , दलित सबैको अधिकार समेटीने गरी संविधानको सर्वस्विकार्यता बढाएर सहमतिको प्रयास भईरहेको उहाको भनाई छ ।  नवलपरासी बाट आफुले औपचारीक राजनितिक यात्रा सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्रि प्रचण्डले यो क्षेत्रको विकासका लागि सदै लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।देवचुली उद्योग बाणीज्य संघले आयोजना गरेको महोत्तसव फागुन १६ गते सम्म सञ्चालन हुनेछ । महोत्तसवमा २ सय भन्दा बढी स्टल रहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!