27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

अब नोटमा लेखेमा फौजदारी कानुन उल्लङ्घन हुने, होसियार जेल सजाए हुन्छ

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-६, बैँक नोटमा कसैले लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन हुने भएको छ।फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो।

प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ।सुरु विधेयकमा नभएको उपदफा २ र ३ प्रतिवेदनमा थप गरिएको छ।उपदफा २ मा छ- कसैले बैँक नोटमा लेख्न वा कोर्न हुँदैन।उपदफा ३ ले भने त्यसो गर्नेलाई सजायको व्यवस्था गरेको छ- तीन महिनासम्म कैद र पाँच हजार रुपैयासम्म जरिवाना।

नोट सम्बन्धी विभिन्न निर्देशन हाल नेपाल राष्ट्र बैँकले दिँदै आएको छ। पछिल्लो पटक राष्ट्र बैँकले सबै बैँक र वित्तीय संस्थाहरुलाई नोटको बण्डलमा स्टिच नगर्न निर्देशन दिएको थियो। त्यसअघि सर्वोच्च अदालतले नेपाली रुपैयाँको नोट फोहर नगर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!