27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नवलपरासीको प्रगतिनगरमा हुने देवचुली महोत्सवको तयारी पुरा, प्रधानमन्त्री दाहालले उदघाटन गर्नुहुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-४, खगराज सापकोटा । देवचुली उधोग वाणिज्य संघको आयोजनामा यहि फागुन ६ गते देखी १६ गते देखि १६ गते सम्म हुने  प्रथम ऐतिहासिक देवचुली महोत्सवको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलन गरि आयोजकले उक्त जानकारी दिएको हो । प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सवको उदघाटन गर्ने उक्त महोत्सव आजै चारैतिर झकिझकाउ पारिएको छ । आयोजकले स्थानीय संघ संस्था, राजनैतिक दल, बिभिन्न समिति तथा समूह, बिद्यालय तथा ब्याबसयीक प्रतिष्ठान लगाएत सम्बन्धित सबै संग अन्तरकृया, स्टल तथा भौतिक संरचना निर्माण कार्य पुरा भएको मुल समारोह समितिका संयोजक धर्मराज वस्यालले जानकारी दिनुभयो । महोत्सवमा करिव १० करोडको कारोवार हुने र ५० लाख आम्दानी गर्ने आयोजकले अपेक्षा गरेको छ भने सो रकमबाट सस्थाको भवन निर्माण साथै स्थानीय पर्यटकीय स्थल र पूर्वाधार निर्माणमा खर्चिने आयोजक को भनाए छ । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको उपस्थिति , ८ गते देखि हेलिकप्टरमा सवारी गराउने  साथै महोत्सवमा खेल तथा अन्य आकर्षण समेत रहने जनाइएको छ । महोत्सवमा देवचुली, नारायणी लगाएतका स्थानीय पर्यटकीय स्थलहरुको प्रचार-प्रसार गराउने र स्थानीय कृषि उपजको प्रवर्दनमा बिशेष जोड दिईने आयोजकले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!