27 C
Kathmandu
Monday, September 20, 2021
Your Ad Here  9857041698

जीप दुर्घटनामा ७ जनाको मृत्यु , ५ जाना घाईते, मृतक सबै एकै गाविसका

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-४, डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुई जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएपछि मृतकको संख्या बढेको हो। यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो।

मृतक सबैको सनाखत भैसकेको छ । उनीहरु सबै भागेश्वर गाविसका रहेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। उनका अनुसार घटनास्थलमै मृत्यु हुनेहरुमा भागेश्वर–८ का गणेश सार्की, भागेश्वर–४ का लक्ष्मण भट्ट, भागेश्वर–४ कै जयानन्द भट्ट, भागेश्वर–५ कामदेव चटौत र भागेश्वर–५ कै नरपती पाण्डे रहेका छन्। यस्तै भागेश्वर–५ का दिवाकर पाण्डे र भागेश्वर–७ का पदमबहादुर मल्ल रहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

अन्य ५ जना घाइतेहरुको डडेल्धुरास्थित उप–क्षेत्रीय अस्पतालमा उपचार भैरहेको उनले बताए। जसमध्ये १ जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको उनले जनाए।

दुर्घटनाको कारणबारे अझै विस्तृत तथ्य पत्ता नलागेको उनले बताए । ‘उद्दारकै क्रम चलिरहेकाले यस बिषयमा बुझेका छैनौं,’ उनले भने, ‘सडक अलि उकालो घुम्ती पनि छ। सायद चालककै लापरबाही हुनसक्छ।’

प्रारम्भिक सोधपुछका क्रममा जीपमा १२-१३ जना सवार रहेको बुझिएको उनले बताए।

भागेश्वर गाविसबाट सदरमुकामतर्फ आइरहेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको जीप करिब पौने १२ बजे अमरगढी नगरपालिका–३ ठुलोखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!