27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

भ्यालेन्टाइनमा प्रेमिका फकाउन यस्तो चर्तिकला, भ्यालेन्टाइन डे मनाउन हिँडेका युवक पुगे जेलमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-४, एजेन्सी, भ्यालेन्टाइन डे लाई विशेष बनाउनका लागि कोही जोडीले सबै हद पार गर्ने गर्दछन् । आफ्नी प्रेमिकालाई प्रभावित गर्नका लागि एक प्रेमीले विभिन्न प्रकारको उपहार र फूल दिने गर्दछ । प्रेमिकालाई खुसी तुल्याउनका लागि प्रेमीले भिन्न तरिका अपनाउने गर्दछ तर एक प्रेमीको यस्तो व्यवहारले उनलाई जेल पुर्याएको छ ।

मुम्बईका एक प्रेमीले आफ्नी प्रेमिकालाई अचम्मित बनाउनका लागि आफ्नो कारलाई दुई हजारको नोटले सजाए । उक्त कार उनी आफ्नी प्रेमिकालाई उपहारस्वरुप दिन चाहन्थे । उक्त उपहार प्रेमिकालाई दिन जाँदा सडकमा गुडिरहेको अचम्मको कार देखेर पुलिससमेत चकित खाए ।

अमर उजालाको रिपोर्ट अनुसार ती प्रेमीले आफ्नी प्रेमिकालाई भ्यालेन्टाइन डे मा केही भिन्न तरिकाले प्रस्ताव राख्न चाहन्थे त्यसकारण उनले यसका लागि एउटा कारलाई २ हजारको गुलाबी नोटले सजाइदिए । गाडीलाई सडकमा गुडाउनेबित्तिकै उनलाई गाडीसहित तुरुन्त कारवाही गरियो । फलस्वरुपः भ्यालेन्टाइन डे मनाउन हिँडेका एक युवक जेलमा पुगे । यद्यपी, पुलिसले ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!