27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

उर्मिला सुनारको आत्महत्या हैन परिवारले हत्या गरेको हो छानबिन होस्: दिदि भगवती सुनार

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-३,  नवलपरासीको दुम्किवास गाविस २ सुनटाडी निवासी ३९ वर्षकी उर्मिला सुनारको परिवारले यातना दिएर हत्या गरेको भन्दै निष्पक्ष छानविन गर्न माईती पक्षले माग गरेका छन । सोमवार ईलाका प्रहरी कार्यालयमा उनीहरुले उर्मिलाका श्रीमान नर वहादुर सुनार विरुद्ध जाहेरी दिएका छन । उर्मिला यहि गएको शनिवार दुम्किवास स्थित आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिईन । उर्मिलाका घर पक्षले उनले विष सेवन गरेर आत्महत्या गरेको बताएका छन । उर्मिलाका दाजु राजकुमार विश्वकर्माले बहिनीले पटक पटक श्रीमानले यातना दिने , कुटपिट गर्ने , मार्छु भन्ने , छोडपत्र दिन्छु भन्ने गरेको बताउने गरेको बताएका छन । छोराछोरीको मुख हेरेर बहिनी घरमा बसिरहेको विश्वकर्माले बताए । ‘हामिलाई खबर पनि नगरिकनै दाहासंस्कार पनि गरिसकेका छन । बहिनीको फोटो छ , फोटोमा नै प्रस्ट छ जतासुकै निलडाम छ । घटनाको वारेमा निष्पक्ष छानविन नभएसम्म हामि चुप लागेर बस्दैनौ । विश्वकर्माले भने ।’
उर्मिलाकी दिदी भगवती सुनारले बहिनीले आत्महत्या गरेको नभई हत्या भएकोले दोषिलाई कारवाहि हुनुपर्ने बताईन । बहिनीको घाटीमा पनि डाम , कान पछाडी पनि काटेको डाम रहेको उनको भनाई छ ।‘ विष सेवन गरेको भए बहिनीको शरिर भरि डाम कहाबाट आयो , बहिनीको कुटपिटबाटै हत्या भएको हो हत्या गरेपछि विष खुवाएर आत्महत्या गरेको भन्ने पारेर उम्किन खोजेका हुन । ’सुनारले भनिन ।
शनिवार विहान १० बजेतिर घटना घटेको भए पनि माईती पक्षलाई १ बजेमा मात्रै खबर गरेको उनले बताईन ।
उर्मिलाको १७ वर्ष अघि नर वहादुरसंग विवाह भएको थियो । ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक प्रकाश सिंखडाले घटनाको वारेमा अनुषन्धान भैरहेको बताएका छन । घटनाको अनुषन्धानमा खटिएका सिंखडाले विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको र थप अनुषन्धानका लागि काठमाण्डौ पठाईएकाले पोष्टमार्टम रिपोर्ट आउन एक डेढ महिना लाग्ने बताए । माईती पक्षले जाहेरी दिएकाले घटनाका वारेमा घरपरिवारसंग सोधपुछ गर्ने काम भैरहेको उनले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!