27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

लाहोर विस्फोटमा डिआइजीसहित १३ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-३, (एजेन्सी) : पाकिस्तानको सहर लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

विस्फोटनमा परी लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दलसहितको मृत्यु भएको समाचार संस्था एपीले जनाएको छ ।

लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार मोटरसाइकलमा चढेर आएको पुरुषले भीडभित्र पसी उक्त विष्फोट गराएको थियो।
सोमबार पन्जाब प्रान्तीय विधानसभा बाहिर सैयौं मानिसहरुले विरोध जनाइरहेका बेला उक्त विष्फोट गराइएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले घटनाको निन्दा गरेका छन् र हमलाकारीहरु विरुद्ध कडा कारवाही गरिने चेतावनी दिएका छन्।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!