27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

मेरो बुझाईमा जिल्ला सभापति लामिछानेको व्यक्तित्व

- Advertisement -
- Advertisement -spot_imgspot_img
महेन्द्र चापागाई/ कुनै दिन गाउको पाखामा घुम्दै जादा चौरमा युवाहरुको समुह देखे । के रहेछ त्याहा भन्ने जिज्ञासा मलाई लाग्यो र म त्यसतिर लम्के त्याहा नवलपरासीका नेपाली काग्रेसंका सभापति विष्णु लामिछाने ज्युले युवाहरुलाई कुनै विषयमा जानकारी गराउदै थिए । उनको भाषण दमदारको थियो र म पनि ज्यादै प्रभावित भए । भद्र , शालिन र कर्वव्य निष्ठ व्यक्तित्व आजको आवश्यकता बनेको छ नेपाली राजनीति भित्र । प्राय राजनीतिमा  युवा पुस्ता भन्दा केहि पर गएर त्यस्ता व्यक्तित्वहरुको समूह देख्न सकिन्छ । तर केहि वर्ष यता आएर नेपाली राजनीतिले युवाहरुको जमघट पाउन थालेको छ । विगतका दिनमा नेपाली राजनीतिले युवाहरुलाई सिढिको रुपमा प्रयोग गर्दै आयो । आन्दोलन र जुलुस गर्नु परे भने युवालाई अघि ल्याउने तर सत्तामा चाहि युवालाई पाखा लगाएर अरु जाने प्रवित्ति हावि भएको थियो । तर विस्तारै विस्तारै यो प्रवित्तिमा स्वयम राजनीति दलहरुपनि विचार गर्न थालेछन र युवाको सोच र युवा अघि आउनु पर्छ भन्ने मान्यता ल्याउन थालेका छन् ।
नेपाली राजनीतिमा युवा नेताहरुको सुचि नै छ । जो जुन पार्टिको भएपनि उसको विचार देश प्रति र व्यवहार कर्तव्य निष्ठ छ भने त्यो व्यक्तित्व पक्कै पनि एकदिन सफल हुन्छ र त्यस्ता व्यक्तितवहरुलाई सघाउने आम नेपालीको पनि कर्तव्य बन्न आउछ । यस्तै व्यक्तित्वहरु भित्र पर्ने एक नेता हुन विष्णु लामिछाने । २०४५ साल देखि निरन्तर राजनीतिक जीवनमा सरीक नेपाली काग्रेसका युवा नेता जिल्ला सभापति विष्णु लामिछाने राजनीतिमा इमान्दार ,निष्ठावान ,सरल सादगी भद्र मात्र होइनन अत्यन्तै निष्कंलकितका रुपमा सुपरिचि व्यक्तित्व हुन । वी.पि. कोइरालाबाट ज्यादै प्रभावित लामिछाने राजनीतिमा भित्रिएको र झाँगिएको विकृति र विसंगति विरुद्ध आफनै मौलिक शैली प्रस्तुत गरि संघर्षरत गरिरहेको पाइन्छ ।
उनका विचार उनले देखाउने व्यवहारमा कहि कतै यो पार्टी र त्यो पार्टी होइन कि बरु मुलुक प्रति इमान्दर र
कर्तव्य निष्ठ हुनु पर्दछ सबै नेपालीको साझा घर नेपाल हो भन्ने उर्जाशिल विचारका कारण आज विष्णु लामिछाने नेपाली काग्रेस भित्र भविष्यका आशालाग्दो व्यक्तितव हुन पुगेका छन् । यिनको प्रशसा फरक विचार राख्ने जो कोहिले पनि खुलेर गर्छन । जीवन शैलीलाई सामान्य बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिसकेका जिल्ला सभापतिको सबैभन्दा राम्रो पक्ष हो । विनम्रता , हार्दिकता रबौद्धिकताले उनको व्यक्तित्वलाई अझै माथि
उठाएको छ । विहान उठे देखि रातीको समय सम्म पनि यिनको जिवन राजनीतिमै वित्छ । वरपर या जिल्लामा आफना पार्टिका कार्यकर्ता के कस्तो अवस्थामा छन , आफनो पार्टीको धारणामा यिनको व्यवहार कस्तो छ भन्ने कुरालाई विष्णुले प्राथमिकताको साथ लिने गर्दछन । सिद्धान्तका लागि उनको यात्रा भैरहेको देखिन्छ । मैले उनका बारेमा प्रर्याप्त जानकारी र सूचना प्राप्त गरेको थिए । उनी संगको कुराकानीमा प्रजातन्त्रप्रतिको निष्ठा र विश्वासमा द्दढता पाईन्छ। लाग्थ्यो , उनी सरलभित्रका महत्वपूर्ण व्यक्ति । उनले जातिगत समुदायमा अन्य पछाडि परेका र तराईका
आदिवासि समुदायमा राजनीतिक चेतना जगाउने मह्त्वपूर्ण कार्य गरेका छन्। यस विषयलाई राजनीतिक दलले अन्तरपार्टी छलफलको विषय नै बनाएका छन् । पूर्खाले गरेको योगदानबाट प्राप्त उपलब्धि धरापमा पर्ने सम्भावनातर्फ लक्ष्ति गर्दै खबरदारी गर्नुपर्ने आवश्यकतामा औल्याउदै हिडने लामिछाने युवालाई राष्ट्यि एवं अन्तराष्ट्यि परिस्थितीको आकँल गर्दै बढन सक्नुपर्छ भन्दै प्रोत्साहित गर्ने नेता हुन ।
राजनीति भित्र विभिन्न वाधा व्यवधान हटाउदै जिल्लाको सभापतिको बागडोर सम्भाल्न सक्ने विष्णु लामिछाने एक सफल व्यक्तितव हुन् । एउटै पार्टि भएर गुट उपगुटको कुरा नमिल्दा अनेकौ उल्छन सँग जुध्नु पर्ने हरेक राजनीति दलका युवा नेताको समस्या नै बनेको छ यहि अनुरुप विष्णुको लागि पनि यस विषय समस्या नहोला भन्न सकिन्न । तर जे भएपनि कर्तव्य पथमा निरन्तर हिडिरहेको देखेर यसलाई राजनीति विश्लेषकहरुले विष्णुलाई
आगामी दिनमा समाजमा स्थापित हुने चरित्रको संकेत हो भन्ने तर्क निकाल्न थालेका छन्। जीवनभर लोकतन्त्रको लडाईमा होमिएका लामिछाने राजनीतिज्ञ मात्र होइनन समाजका हरेक काममा पनि धेरै अगाडि छन्। लोकतान्त्रिक पार्टीलाई व्यवहारत लोकतान्त्रिक बनाउन पार्टीलाई विधान र पद्धति अनुसार संचालन गर्न बृहत र सशक्त बनाउन सधै आफु लगनशिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्ता युवा नेता भविष्यमा राजनीतिलाई आफनो कर्म थलो बनाउने तमान युवाहरुको लागि स्रोतको रुपमा लिन सकिन्छ ।
( नेता लामिछाने सँग गरिएको समान्य कुराकानीमा अधारित रहेर यस्तो विचार व्यक्त गरेको हु । )
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!