खगराज सापकोटा
फागुन २
नवलपरासी – जिल्लाको गैडाकोटमा बाघंको आक्रमण बाट सोमबार एक वृद्धको मृत्यु भएको छ । नन्दन सामुदायिक वन गैडाकोटमा दाउरा खोज्न जानेक्रममा स्थानीय ६० वर्षिय माया देवी लामालाई बाघंले झम्टदा मृत्यु भएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए । विहान ९ बजेको समयमा २ जना दाउरा खोज्न जंगल पस्दा बाघं देखेपछि भाग्नेक्रममा लामा लाई बाघंले झम्टीएको र एक जना भाग्न सफल भएको इलाका प्रहरी गैदकोतले जनाएको छ । भाग्न सफल महिलाले गाउंमा आएर अबर गरेपछि गाउंले खोज्न जादा लामाको मृत्यु भईसकेको थियो । प्रत्यक्षदर्शीले बाघं भनेपनि चितुवा हो या पाटे बाघं नै हो भन्ने विषयमा नखुलेको बन कार्यालयले जनाएको छ । जिल्लामा केही महिना यता बाघंको आक्रमण बढेको छ । यो वर्ष मात्र बाघको आक्रमणबाट जिल्लामा ५ जनाको मृत्यु भैइसकेको छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -