27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

मुलुकको बेथिती देखेर गितकार लम्साल चिन्तित

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन २
कावासोती । मुुलुकको पछिल्लो अवस्था देखेर युवा गितकार उमेश लम्साल चिन्तित भएका छन् । संघियताको विषय लाई लिएर भईरहेको विवाद र राजनितिक वितृष्णाका कारण जनमानसमा देखीएको निराशा लाई तोड्न लम्साल यस्तो भन्दैछन् ।
कोही भन्छन् मेची मेरो, कोही भन्छन् काली मेरो
यसरी कहाँ देश बन्छ
मेची काली जोडिएपो बल्ल देश बन्छ ।

vlcsnap-2017-02-13-11h45m02s959
चर्चित गायक सुरज कुमार थापाको स्वरमा सजिएको राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडीयो समेत सार्वजनीक भएको छ ।  गितमा लम्सालले भागवण्डाको राजनितिमा सर्वसाधारण लाई दुः ख नदिन र सबैको साझां फुलवारीकोरुपमा मुलुकलाई विकास गर्न सुझाव दिएका छन् । युवट्युवमा समेत यो गित निकै मनपराईएको छ । गितमा  अविदले संगित भरेका छन् ।  हरेक मानिसको रुचि फरक फरक हुन्छ । कसैलाई गित गाउंन मन पर्छ कसैलाई देशको सेवा गर्न मन पर्छ । तर बन्दुक वोक्ने हातले पनी सुन्दर सिर्जजा गर्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । पेशाले नेपाल प्रहरीको निरिक्षक पदमा २०६३ सालमा प्रवेश गरेका उमेश लम्सालका गित संगीत र साहित्य रचना हेर्दा सुन्दा लाग्छ उनी कुनै पुराना सष्ट्रा हुन् । वि.स.२०४० सालमा भोजपुरको दिङलामा जन्मीएका लम्साल सानै देखी कविता , गजल लेख्नमा रुचि राख्दथे ।
राजनितिक शास्त्रमा स्नातोकोत्तर तह उतिर्ण गरेका युवा सष्ट्रा लम्सालले दर्जनौ गित , गजल तथा कविता लेखेका छन् । आफुले लेखेका रचना सधै डायरीमा मात्रै थन्काउने गरेका लम्सालको सिजर्ना साथीभाईले देखेपछी एल्वम निकाल्न सुझाव दिए । नेपाल प्रहरीको जागिर त्यो पनी अधिकृत तहको कामको व्यवस्तताले गर्दा आफ्ना रचना लाई सवैका सामु ल्याउन समेत समस्या भयो । प्रहरीको जागिर झगडा , तनाव र सर्वसाधारणको सुरक्षा गर्नमानै व्यवस्त हुने लम्साल फुर्सद हुनासाथ सिर्जना फुलिहाल्थ्यो । हसीलो र मिजासिलो स्वभावका लम्सालले कामको व्यस्तताका वावजुत पनी २०७१ सालमा ंवनावटी माया ं वजारमा ल्याए । लगत्तै २०७१ सालमा नै लम्सालको पहिलो एल्वम् निस्वास सा्रेता समक्ष आयो । वनावटी मायाँले लम्साल लाई गित संगितको क्षेत्रमा चिनायो भने रचनामा थप निखारता पनी आयो । लम्सालका नजरमा तिम्रो , कति आशुं बगे , कस्तो प्रेम जस्ता रचनामा नेपालका ख्याती प्राप्त गायक गायिकाले स्वर दिएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!