24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

आज टिकाटालो गर्ने भनिएकी युवतीको हिजो सामुहिक बलात्कार

- Advertisement -Flowers in Chania

फागुन-२, कपिलवस्तु पकडी क्षेत्रमा एक युवतीको सामुहिक बलात्कार भएको छ । पीडित युवतीको आज सोमबार टीकाटालो गर्ने तय भएको थियो । तर, सामुहिक बलात्कारको शिकार भएकी छन् र, यसको भिडियो लिक गराएका छन् ।devchuli mahaamahotsawGIF

पकडी क्षेत्रका ६ जना युवाले गत बिहीबार साँझ पकडी २ की १७ वर्षीया रिता (नाम परिवर्तन)लाई खेतमा बलात्कार गरेको घटना आइतबार बाहिर आएको छ ।साथै युवाहरुले जबरजस्ती करणी गरिरहेको अवस्थाको भिडियो छायाँकन गरी इन्टरनेटमा अपलोड गरेको पाइएको प्रहरीले जनाएको छ । लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले घटनामा संग्लन मध्ये दुई जना युवालाई पक्राउ गरी जबरजस्ती करण मुद्दा अन्र्तगत घटनाको अनुसन्धान भइरहेको बताए ।आरोपित ६ जना युवा मध्ये पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक केशव ज्ञवालीले  बताए । ४ जना युवा फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार पीडित युवतीको विवाहको तयारी भइरहेको थियो र भोलि सोमबार टीकोटालो गर्ने तय भइसकेको थियो । घटनापछि परिवार तनावमा छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्