27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

श्रीमतीकै सहयोगमा यसरी भयो बालिका बलात्कार

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१, श्रीमतीकै सहयोगमा बालिका बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानलाई बलात्कार गर्न प्रेरित गर्ने श्रीमती राधाजंगमलाई समेत प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायबउपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

गतमंसिर २१ गते राति ७ बजे राजकृष्णकी श्रीमती राधाले बालिकालाई बाटोबाट फकाई आफ्नो घरमा ल्याएर श्रीमानको जिम्मा लगाई आफू बाहिर निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कायस्थले श्रीमती राधालाई छिमेकी बालिका बोलाउन पठाएको र श्रीमतीले बाटोमा भेटिएकी पीडित बालिकालाई २० रुपैयाँ दिएर फकाएर घर ल्याई श्रीमानको जिम्मा लगाएको पीडितपक्षको आरोप छ ।

बालिका बलात्कारपछि श्रीमती राधाले २ सय रुपैयाँ दिएर परिवार र गाउँमा हल्ला नगर्न भन्दै पटक–पटक धम्कीदिएको पीडित बालिकाले प्रहरी समक्ष बताएको प्रहरी नायब उपरिक्षक ओलीयाले बताए । ढोकाको चुकुल लगाई श्रीमानलाई बालिका बलात्कार गर्न सहयोग गरेको भन्दै पीडित परिवारले उजुरी दिएपछि प्रहरीले शनिबार दुबै जनालाई प्रक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई आइतबार जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!