27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

यसरी बने तेस्रो वरियताका डिआइजी जयबहादुर चन्द आइजीपी , सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

- Advertisement -
- Advertisement -spot_imgspot_img

फागुन-१ , डिआइजी जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) बनेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवाल र दोस्रो वरियतामा रहेका प्रकाश अर्याललाई पछि पार्दै चन्दलाई आइजीपी बनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी चन्दलाई आइजीपी बनाउने निर्णय गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरीको चेन अफ कमाण्ड बिगार्नु नहुने अडानमा रहे पनि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो हस्तक्षेपपछि चन्द आइजीपी बनेका हुन् ।

२०४४ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका डिआइजी सिलवाल, अर्याल र चन्द मध्ये चन्दले बाँजी मारेका हुन् । आइजीपीका लागि डिआइजी बमबहादुर भण्डारीको नाम समेत चर्चामा रहे पनि उनी वरियतामा अन्तिममा थिए। त्यस्तै, सशस्त्र प्रहरीको आइजीपीमा भने पहिलो वरियताकै एआइजी सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन्।

फागुन २ अर्थात् भोलिबाट नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका आइजीपी दुर्जकुमार राईले नियमित अवकास पाउने भएपछि आइजीपी नियुक्तिका लागि लामो समयदेखि राजनीतिक दल र नेता आआफ्नो पक्षका डिआइजीको लबिङमा थिए। आइजीपीको लबिङमा रहेका प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत मात खुवाउदै देउवाको हस्तक्षेपमा चन्द आइजीपी बनेका हुन्।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!