27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

युगिनको कविता बाचनमा रम्यो कावासोती

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२९, कावासोती, शनिबार दिउंसो कावासोतीको मध्यविन्दु क्याम्पसको सभाहल चितवन र नवलपरासीका साहित्यकारहरुले खचांखच भरीएको थियो । सर्वसाधारण देखी साहित्यकारहरुको जमघटले माहोल नै साहित्यमय बन्यो । पहिलो पटक जिल्लामा त्यतिकैमा कवि जिवन युगिनको आवाजमा
‘एक चेहेरा , एक आकृती हराएपछि
पदचांप बोकेर पनि म स्थिर छु , बर्षौ देखी’
घन्कीएपछि हल सुनसान बन्यो । जिल्लामा पहिलो पटक कवि जीवन ‘युगिन’ एकल कविता बाचनमा सुनिएका हुन् । युगिनको कविता संग्रह ‘जीवन स्पर्स’मा स्रग्रहीत क्रमभंग कविता बाचन बाट सुरु भएको एकल बाचनमा सहभागी मन्त्रमुग्ध भएका थिए ।  मोफसलका साहित्यकारहरुको हौसला बढाउने र कवितामा आम युवाहरुको समेत आकर्षण बढाउने उदेश्यले ज्याग्दी खोला साहित्य प्रतिष्ठानले एकल कविता बाचनमा कवि युगिन लाई उभ्याएको हो । विदाको दिन घुमफिर गर्न जानेहरु शनिवार भने करिब २ घण्टा सम्म कवितामा रमाए । युगिनले जिवन , प्रेम र मध्यविन्दुमा रहेर रचना गरीएका आफ्ना १२ ओटा कविता बाचन गर्दा सहभागि कवितामा डुबेका थिए । यसअघि प्रकट पंगेनी र दिपक भट्टराईको एकल गजल बाचन भएपनि कविता बाचनमा यसरी सहभागी भएको भने पहिलो पटक हो । सष्ट्राका कविता सुन्ने र तयसमा भएका कमिकमजोरी औल्याउने क्रममा कवि ईश्वर कण्डेलले युगिनका कविता सुन्नमा आनन्द आउने भन्दै मध्यविन्दुको फ्युजन को सिद्धान्त पुष्ट्रिका लागि भने युगिन प्रष्ट नभएको प्रतिकृया दिए । कविता रचना तथा बाचन हराउदै गइरहेको समयमा यस्ता कार्यक्रमले साहित्यकारहरुमा हौसला बढेको भन्दै आगामी दिनमा स्थानीय सष्ट्रा लाई प्रोत्साहन गर्न थप कार्यक्रम गरीने ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष करुण लम्सालले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!