27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

एक्सपर्ट स्कुल क्रिकेट लिगमा एडभेन्चर स्कुल को विजय सुरुवात

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ २९ – राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको उदघाटन खेलमा बालकुमारी इंग्लिस स्कुल भरतपुरकै एडभेन्चर स्कुलसँग ७१ रनले पराजित भएको छ । १ सय १७ रनको लक्ष्य पछयाएको बालकुमारीले ११ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा रोकिएको थियो । बालकुमारीको पारी ध्वस्त बनाउनेक्रममा पवन घलेले ४ विकेट तथा प्रयास गौतम र प्रबत श्रेष्ठले समान ३ विकेट लिए । बालकुमारीका लागि विवेक कुमारले १६ रन बनाएका थिए । बाँकीले दोहारो अंकमा रन बनाउन सकेनन ।त्यसअघि टस हारेर ब्याटिंग गरेको एडभेन्चरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पारेको थियो । उस्का लागि पवन घले २३ र विनोद गुरुङले २२ रन जोडेका थिए । बालकुमारीका सिरिष मास्केले २ विकेट लिए ।अलराउण्ड खेलेका पवन घले खेलको प्लेयर अफ द म्याच घोषित भएका छन । खेल हेर्न आएका दर्शकमध्येका अजय श्रेष्ठ गोलामार्फत एक्सपर्ट फ्यान अफ द डे चुनिएका थिए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले रु २ हजार प्रदान ग¥यो ।याबसन चितवनका अध्यक्ष देशबन्धु अधिकारी प्रमुख अतिथि र विशेष अतिथि एक्सपर्ट चितवनका डिरेक्टर डिल्लीराम अधिकारी रहनुभएको कार्यक्रम हिमालयन क्रिकेट एकेडेमीका संस्थापक सुवास प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस मुख्य प्रायोजकको रुपमा रहेको छ । हिमालयन क्रिकेट एकेडेमी, काठमान्डौको आयोजनामा आजबाट सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म विशाल चोकको नौ बिगाहा मैदानमा चल्नेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!