27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

सन्दीप लामिछाने विश्वको ३० प्रतिभाशाली युवा क्रिकेटरमा पर्न सफल

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२९,नेपालका प्रतिभाशाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई निकै महत्वपूर्ण दिँदै बेलायतबाट प्रकाशित हुने म्यागजिन ‘अल आउट क्रिकेट’ ले विश्वको प्रभावशाली युवा खेलाडीको सूचीमा ३० औं नम्बरमा राखेको छ।
२२ वर्षभन्दा कम उमेरका विश्वका प्रतिभाशाली खेलाडीको विषयमा पत्रिकाले तयार पारेको रिपोर्टमा सन्दीपलाई उच्च महत्व दिएको हो। उनलाई पाकिस्तानका ३० वर्षीय लेग स्पिनर यासिर शाहसँग तुलना गर्न खोजिएको छ। यासिर टेस्ट क्रिकेटमा छिटो सय विकेट लिने विश्वका दोस्रो स्पिनर हुन्। उनी पाकिस्तानबाट छिटो ५० विकेट पुरा गर्ने बलर पनि हुन्।

१६ वर्षीय सन्दीपलाई उनको प्रतिभाका कारण अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले आफ्नो एकेडेमीमा प्रशिक्षण लिन यसै बर्ष सिड्नी बोलाएका थिए। सन्दीपले सन् २०१६ को युथ–१९ विश्वकपमा आयरल्यान्डविरूद्ध हयाट्रिक गरेका थिए। उनी १७ दशमलव ०७ को औसतले १४ विकेट लिँदै विश्वकपमा सर्वाधिक विकेट लिने दोस्रो बलर बन्न पुगेका थिए।

‘अल आउट क्रिकेट’ म्यागजिनले फेब्रुअरी २ मा सार्वजनिक गरेको आफ्नो नयाँ अंकमा सन्दीपलाई छानिनुको कारण पनि बताएको छ। उनलाई विश्वकपको यही प्रदर्शन र माइकल क्लार्कलाई आकर्षित पार्न सफल भएको विषयलाई प्राथमिकता दिएको छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!