27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

स्कुल हैन जेलमा छन् यी बालबालिका

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२९, भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

सल्यानटार–१ का दुई बर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन् । आमा सुस्मिता र बाबु चन्द्रप्रसादले गरेको दोषको सजाय सूचकले पनि भोगिरहेका छन् ।

आमाबाबु नै अपराधमा संलग्न भएपछि बालबालिकाको रेखदेख गर्ने मान्छे घरमा नहुँदा उनीहरु जेल बस्न बाध्य भएका हुन् ।

सेर्तुङ–५ का बादल तामाङ कारागारमा छन् । बादल दुई बर्षका भए । घरमा हेरचाह गर्न कोही नहुँदा कर्तब्यज्यान मुद्दामा तीन बर्षको कैद सजाय भोगिरहेकी आमासँग जेल बस्नु बादलको बाध्यता हो । सूचक र बादलसँगै अर्का एक बालक र दुई बालिका पनि कारागारभित्रै अध्यारा दिन बिताइरहेका छन् ।

devchuli

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!