27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

आज तीन घण्टा कलम वन्द गरे १ गते काम नै ठप्प पार्ने चेतावनि

- Advertisement -
- Advertisement -spot_imgspot_img

    सरु शर्मा परासी माघ २८

नवलपरासीका स्थानीय निकायमा कार्यरत कर्मचारीले आज शुक्रबार तीन घण्टा कलम वन्द गरेका छन् । स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति नवलपरासीको आह्वानमा जिविस र गाविसका कर्मचारीले आज तीन घण्टा कलम बन्द गरेर आन्दोलन गरेका हुन् ।       हिजो १ घण्टा कलम बन्द गरेका स्थानिय निकायका कर्मचारीले आज १०ः३० देखि दिउसो १ः३० सम्म कलम बन्द गरेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष नारायण सुवेदीले बताउनुभयो । स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा कर्मचारी समायोजन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने, अस्थायी कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै समितिले बिभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ । भोली शनिबार भएकाले अव १ गते सबै निकायको काम पुर्ण रुपमा ठप्प पारेर आन्दोलन जनाउने स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो । कर्मचारीहरुको आन्दोलनका कारण आफुहरुले भने सास्ती खेप्नु परेको सेवा गा्रहीले गुनासो गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!