27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नेपालमा गर्भपतनको अवस्था भयाबह, ह्वात्तै बढ्यो गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२८, नेपालमा गर्भपतन वैद्यानिकता प्रदान गरिएपछि गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा एकै वर्ष १५ हजार ३ सय ६ जना विवाहित र अविवाहित महिलाले गर्भपतन गराएका तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या ३३ प्रतिशत रहेको काठमाडौ जनस्वास्थ्य कार्यलयको तथ्यांकले देखाएको छ ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यलयले बिहीबार गरेको पत्रकार सम्मेलनमा तथ्यांकमा उल्लेख भएको संख्या हेर्दा नै गर्भपतन गर्ने किशोरीको संख्या डर लाग्दो देखिएको भन्दै अझ धेरै हुन् सक्ने बताएको छ ।

गर्भपतन सामान्यत दुई प्रकारबाट गराइन्छ, औषधि खुवाएर र अप्रेशन गरेर । मेडिकल क्याक अर्थात् औषधि खुवाएर ९ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गत आर्थिक वर्ष २०७१/७२ मा काठमाडौं जिल्लामा भएका गर्भपतनमध्ये ४ हजार ९ सय ८० जनाको गर्भपतन औषधि खुवाएर गराइएको देखिएको छ । यसरी औषधि खुवाएर गराइएका गर्भपतनमध्ये १ हजार ४ सय ९७ गर्भवती किशोरी अर्थात् २० वर्ष मुनिका थिए ।
यो तथ्यांक त सरकारी स्वीकृति लिएर सञ्चालनमा आएका सेवा केन्द्र वा अस्पतालहले उपलब्ध गराएका तथ्यांक हो । त्योबाहेक अहिले पनि आधाभन्दा बढी संस्थाहरु त जिल्ला जनस्वास्थ्य कार्यालयसँग सम्बन्ध नै राख्दैनन् र उनीहरुले कति जनाको गर्भपतन गराए वा कसरी गराए त्यसको कुनै तथ्यांक नै छैन ।
कतिपयले आँफै मेडिकलबाट औषधि किनेर खाने र गर्भपतन गराउनेसम्म गरिरहेका छन्, जसको कारण तथ्यांक यो भन्दा ज्यादै बढी रहेको स्पष्ट छ । यसले महिला स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । गर्भपतन गर्ने किशोरीहरुको संख्या कम गर्न यसबारे जनचेतना र नसर्ने रोग बढेकोले यसबारे सचेत गराउन उपत्यकाभित्र स्थापना हुन् लागेको प्रमुख सात स्वास्थ्य प्रवद्र्धन केन्द हेल्थ प्रमोसन सेन्टरले सहयोग गर्ने समेत जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले बताए ।
२० बर्षमुनिका महिलाले गर्भपतन गर्दा , धेरै पटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, पाठेघरमा बच्चा बसिहालेमा पनि नरहने, बच्चा नै नबस्ने लगायतका समस्या निम्तिन सक्छ । त्यस्तै, गर्भपतनका कारण कयौं महिलामा मानसिक असर समेत पर्ने चिकित्सकहरुले बताएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!