27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको चोरमारामा मध्यविन्दु महोत्सव शुरु

- Advertisement -
- Advertisement -spot_imgspot_img
माघ-२८,कावासोती ,नवलपरासीको चोरमारामा खेल मैदानको स्तरोन्नति गर्न भन्दै मध्यबिन्दु महोत्सव सुरु भएको छ । उक्त महोत्सवको वाणिज्य राज्य मन्त्री सुवर्ण ज्वारचनले उदघाटन गर्नुभयो । ज्वारचनले चोरमारामा खेल मैदानको निर्माणका लागि महोत्सव आयोजना गरिएको प्रति खुशि व्यक्त गर्दै यस क्षेत्रको विकासका लागि आफु सक्दो सहयोग गर्ने प्रतिवद्धा समेत व्यक्त गर्नु भएको थियो । महोत्सव उदघाटन कार्यक्रममा वोल्दै सांसद कृष्ण पौडेलले सरकार स्थानिय तहको निर्वाचन गर्ने तर्फ निस्कृय वन्दै गएको आरोप लगाउनुभयो । जनताहरु निर्वाचनको पक्षेमा रहेता पनि सत्तासिन दलहरु त्यो मनस्थीतिमा नहुदा समस्या भएको वताउनुभयो ।
अर्को प्रसंगमा वहाले जेष्ठ भित्र स्थानिय निकायको निर्वाचन हुने ठोकुवा गर्नु भएको छ । नवलरासीको चोरमारा मा विहिवार देखि सूरु भएको मध्यविन्दु महोतसवको उदघाटन गर्दै राज्यमन्त्री ज्वारचनले लामो समय देखि स्थानिय तहको निर्वाचन नभएकाले वर्तमान सरकार निर्वाचन गर्ने तर्फ केन्द्रित रहेको वताउनु भयो । दलिय सहमितको प्रयास भइ रहेको वतउदै उहाले जसरी पनि निर्वाचन हुनेमा आफु विस्वस्त रहेको दोहोर्याउनु भएको थियो ।
 खेलमैदान निर्माण सहयोगार्थ चोरमारा युवा क्लवले आयोजना गरेको महोत्सवमा उद्घाटन अघि विभिन्न जातजाति समुदायको जातिय पहिचान झल्कने झाकि सहित र्यालि प्रदर्शन गरिएको थियो । -यालिले चोरमारा वजार क्षेत्रको परिक्रमा गरेको थियो ।
उदघाटन् कार्यक्रममा महिला सघ की पुर्व केन्द्रिय सदस्य ओमकला गौतम, मध्यविन्दु नगरपालिकाका कार्यकारी अधिकृत राम प्रसाद शर्मा, पुर्व सांसद एवं नेकपा एमालेका क्षेत्रिय इन्चार्ज चन्द्रमणी खराल, नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिती सदस्य सुस्मा खनाल, नवजागरण वहुमुखि क्यापसका अध्यक्ष चन्द्र वहादुर राना, नेपाली काग्रेसका जिल्ला सदस्य उदय राज अर्याल, काग्रेसका नगर सभापति दोभन वाहादुर भण्डारी, एमालेका नगर सभापति दुर्गा प्रसाद भुर्तेल, माओवादी केन्द्रका नगरकमिटि अध्यक्ष धर्मराज लुइटेल, राप्रपा नगरकमिटि अध्यक्ष अर्जुन भुसाल ,मालेका नगर कमिटि अध्यक्ष श्रीप्रसाद ढकाल, नेकपा माओवादीका नगरकमिटि अध्यक्ष श्याम वहादुर कुमाल लगाएतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
फागुन ७ गते सम्म सञ्चालन हुने महोत्सवमा कृषि उधोग व्यापार सहितका करिव २ सय स्टलहरु रहेको महोत्सव आयोजक सचिवालय समितीका सयोजक श्याम पौडेलले जानकारी दिनुभयो ।  महोत्सवमा दैनिक रुपमा विभिन्न शिर्षकमा कार्यक्रमहरु सञ्चालन गरिनुका साथै विभिध सास्कृतिक कार्यक्रमहरु सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन शुक्रवार चर्चित गायक हेमन्त शर्मा सहितका विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उपसंयोजक विन्दु काफ्लेले जानकारी दिनुभयो ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!