27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

भारतबाट क्षतिपूर्ति लिन्छौं : मन्त्री महत, संघर्ष स्वरूप त्रीदेशिय जल पदयात्रा शुरु गर्दै संघर्ष समिति

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२८, परासी,  परराष्ट्रमन्त्री प्रकाश शरण महतले गण्डक सम्झौताअनुसारका सुविधा र क्षतिपूर्ति नेपालले भारत सरकारबाट पाउने बताएका छन्।  गण्डक नियन्त्रण संरक्षण समितिले हिजो नवलपरासीको बेलाटारीमा आयोजना गरेको त्रीदेशिया जल पदयात्रा शुभारम्भ कार्यक्रममा यस्तो बताएका हुन् । प्रधानमन्त्री र आफ्नो भ्रमणका बेला आफूले यस विषयमा भारतीय अधिकारीसँग स्पष्ट कुरा राखेपछि सम्झौताबमोजिम सुविधा र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता आएको समेत बताए।

‘गण्डक सम्झौताको दशकौं बितिसक्दा पनि नेपालले पाउनुपर्ने सहुलियत र क्षतिपूर्ति प्राप्त गर्न नसकेकाले त्यसतर्फ सरकारले विशेष पहल सुरु गरेको छ,’ बिहीबार नवलपरासीको  त्रिबेणी बेलाटारीमा गण्डक नदी नियन्त्रण संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा सहभागी मन्त्री महतले भने, ‘नेपाल र भारतबीचका सम्झौता, आयोजना आदिमा देखिएका समस्या अध्ययन गरी समाधान गर्न द्विपक्षीय संयन्त्र निर्माण भएको छ। संयन्त्रले गण्डक सम्झौता विषयमा पनि अध्ययन गरिरहेकाले नेपालले पाउनुपर्ने सहुलियत र क्षतिपूर्ति पाउनेछ।’

नहर निर्माण, सो क्षेत्रमा बसोबास गर्ने नागरिकले क्षतिपूर्ति पाउने तथा नेपालतर्फको जमिनमा सिँचाइ प्रबन्ध गर्नुपर्नेजस्ता गण्डक सम्झौताका कतिपय सर्त अझै पनि पालना हुन नसकेको उनले बताए। सरकारले सम्झौताबमोजिम कार्यान्वयन हुन नसकेका सर्तलाई कूटनीतिक टेबुलमा राखेकाले समाधानका लागि दुवै तर्फबाट प्रयास भइरहेको जानकारी उनले दिए।

विदेश नीति र छिमेकी मुलुकसँगको सम्बन्धलाई  राजनीतिक दलहरूले सडक राजनीतिको माध्यम बनाउने र आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण बेलाबेलामा समस्या उत्पन्न हुने गरेको मन्त्री महतको भनाइ उनको थियो। नेपालका हिमशृंखला दक्षिण एसियामा पानीको मुख्य स्रोत भएको उल्लेख गर्दै महतले यसबाट लाभ लिन सामूहिक प्रयासको खाँचो औंल्याए।

गण्डक नियन्त्रण संरक्षण समितिले हिजो देखि नेपाल भारत हुदै बंगलादेशको ढाका सम्म अन्तरदेशीय नदीहरुमा जल शुशासनका लागि भन्दै जल पदयात्रा शुरु गरेको छ । इन्द्रेणी सामाजिक बिकाश मंच र एक्सन एड को सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!