27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

जिल्ला ट्राफिक प्रहरी कार्यालय भुमही सर्दै, एक मात्र जिल्ला कार्यालय पनि किन सर्दै छ कावासोतीबाट

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२६, कावासोती, नवलपरासीको कावासोतीमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अब छिटै भुमहीमा सर्ने भएको छ । शान्ति मन्त्रालय मार्फत भुमहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । भवन निर्माण सम्मपन्न भएसँगै कार्यालय प्रमुख भुमहीमा रहने गरी सर्ने भएको हो । अहिले सम्म कावासोतीमा जिल्ला कार्यालय रहेकोमा  अब शाखाको रुपमा कार्यालय रहने हिसाबमा सर्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख धरमेन्द्र बहादुर रावलले बताउनु भयो ।

नवलपरासीको गैडाकोट देखि सुनवलसम्म झण्डै सय किलोमीटर राजमार्ग क्षेत्र रहेकोमा राजमार्गको छेउमा पुगेर सेवा प्रदान गर्दा केही असहजता हुने भएपनि सर्नु पर्ने बाध्यता रहेको प्रमुख रावलले बताउनु भयो । कावासोतीमा सामान्य अस्थाई पोष्टको रुपमा रहन सक्ने तर सम्पूर्ण निर्णय र निर्देशन मन्त्रालयबाट आउने भएकाले कहाँ कस्तो संरचनामा कार्यालय रहन्छ भन्ने यसै भन्न नसकीने प्रमुख रावलले बताउनु भयो ।

जिल्ला प्रदेशकै संरचनामा पनि दुई तर्फ बाडिएको छ । दाउन्ने पूर्वको भाग प्रदेश ४ र दाउन्ने पश्चिमको भाग प्रदेश ५मा रहेको छ ।
नवलपुर क्षेत्रका स्थानियलाई परासी क्षेत्र निकै टाढा भएको र कुनै पनि सरकारी कामका लागि पुग्न अपाएक भएको भन्दै आएको बेला प्रदेशको संरचनामा नवलपुर क्षेत्र ४मा परेसँगै नयाँ जिल्लाको रुपमा विकास हुन्छ भन्ने हिसाबले पनि यस क्षेत्रका स्थानियले खुसी व्यक्त गरेका छन ।
जिल्ला ट्राफिक कार्यालय भूमिहमा सर्दा काम गर्न असहज हुने बताउनुहुन्छ लेक बेसी यातायात व्यवसाई संघका अध्यक्ष युवराज बस्याल । “झण्डै मध्ये भागमा रहेको कार्यालय छेउमा पुग्दा नवलपुर क्षेत्रका व्यक्तिलाई ट्राफिकबाट लिनु पर्ने सेवा लिन ग्राह्रो हुन्छ ” बस्यालले भन्नुभयो ।

समयमा यस क्षेत्रका सरोकारवालाहरूले ट्राफिक कार्यालय व्यवस्थापनका लागि पहल नगरेकोले यस्तो कुरा आएको हुन सक्ने समाज सेवी रमिला भुलेजल बताउनु भयो ।

हाल कावासोतीमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भाडाको घरमा रहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!