27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

धार्मीक पुस्तकालय निमार्ण गर्न महायज्ञ

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती । माघ ,२६
धार्मीक पुस्तकालय निमार्ण र युवाहरुमा आध्यात्म तर्फ आकर्षित गर्न सिदेश्वर शिवालय मन्दिर कावासोती ८ मा महायज्ञ हुने भएको छ । बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै फागुन ९ गते देखी १६ गते सम्म महायत्र गर्न लागिएको जानकारी दिईएको हो । पछिल्लो पुस्ताले धार्मीक ग्रन्थ , धार्मीक वाजां लगाएत आध्यात्म भुल्दै गएको भन्दै युवनहरुमा योग , ज्ञान र विज्ञान तर्फ आकर्षित गर्न जिर्ण मन्दिरको पुर्ननिमार्ण ,पुस्तकालय निमार्ण लगाएतका काम सम्पन्न गर्न आर्थिक अभाव भएको भन्दै यत्र गर्न लागिएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष देवी प्रसाद पौडेलले जानकारी दिनुभयो । यज्ञ अवधिभर हरेक दिन विहान योग शिविर समेत सञ्चालन हुनेछ । यज्ञमा प्रखर बाचक शास्त्री पुरुषोत्तम लम्सालले कथा बाचन गर्नुहुनेछ । यज्ञ सञ्चालनका लागि विभिन्न उपसमिती गठन गरेर तयारी तिव्र पारीएको र १करोड दान संकलन गर्ने लक्ष्य राखीएको आर्थिक समितिका संयोजक मेघराज सापकोटाले जानकारी दिनुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!