27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

एकै महिना भित्र दुई छोराको मृत्यु, दैबले पनि कति मैलाई देख्यो : रुदै भन्छिन गंगा

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२६, गैंडाकोट, गोबिन्द लामिछाने  नवलपरासीको बिकट पहाडी गाविस मिथुकरम र भारतीपुरको सिचाइ को निमित्त निर्माणाधीन नहर को ढुङ्गा खसेर लागेर भारतिपुर ३ सालबासका १० बर्षिय मिलन सुनुवार को मृत्यु भएको छ । हिजो बिहान घरबाट आमासंग मामा घर डेढगाउँ जान निस्केका मिलन बिचबाटोमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेपछि अचेत भएका थिए । अचेत अबस्थाका मिलनलाई नहर खन्ने मजदुर र आमाले चितवन मेडिकल कलेज ल्याएका थिए । त्यहाँ सम्भावना नदेखेपछी पुरानो मेडिकल कलेज पठाइएक मा उपचारको क्रममा राती १० बजे उनको मृत्यु भएको हो।”म संग मामा घर को कुरा गर्दै खुशी हुदै अघि अघि हिडेको थियो ,एक्कासि माथिबाट आएको ढुङ्गा ले छोरोलाई बजार्यो दैब पनि कति मै माथि लाग्यो “रुदै मिलनकी आमा गंगा सुनुवार बरबराईकी थिईन। भारतिपुर गाविस को वडा न ७ स्थित पाङ्रेबारी भन्ने ठाउँ मा उक्त घट्ना घटेको हो।”बेल सरि फुटेको छ र कुच्चिएको पनि छ,ब्रेन अथवा गाउले भाषामा गिधि बाहिर निस्केको छ भगवान भरोसा भन्दै भित्र पसेका डाक्टर केही छिनमा सरि भन्दै निस्किए ” अर्का बिरामी कुरुवा भन्दै थिए । १ महिना अगाडि क्यान्सर लागेर मृत्यु भएको छोरा को उपचार गर्दा लागेको ऋण तिर्न श्रीमान भारत गएका छन, यता अर्को छोरोले छाडेर गयो” मिलनकी फूपू गोमा सुनुवार ले आखा भरी आसु पार्दै भनिन बताईन। घुमारीघाट, मचेडीटार सिंचाइ योजना लामो समयदेखि आशाको खेती बनिरहेको थियोे ।”अबको धान नहर को पानीले रोप्ने आशले उपभोक्ताले पनि पैसा उठाई काम गराई रहेका थिए अब के हुने उता ठेकदारको २४ बर्षिय छोरा मोटरसाइकल दुर्घटना मा परि मृत्युभै ठेकदार १२ दिनको काजकिरियामा छन” नहर उपभोक्ता समिति का सचिव कृष्ण प्रसाद लामिछानेले अन्योलता प्रकट गर्दै भने ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!