27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

भारतीय क्रिकेटमा अनौठो रेकर्ड टी ट्वान्टीमा यी खेलाडीले बनाए- ७२ बलमा ३०० रन

- Advertisement -
- Advertisement -spot_imgspot_img

एजेंसी, दिल्लीको रणजी टीममा खेल्ने युवा ब्याट्म्यान मोहित अहलावतले टी– ट्वान्टी क्रिकेटमा अनौठो रकर्ड बनाएका छन्। टी ट्वान्टी क्रिकेट इतिहासमै कम बलमा सर्वाधिक तेहरो सतक पुरा गर्ने रेकर्ड बनाएका मोहितले मात्र ७२ बल खेलेका थिए।

३९ छक्का र १४ चौका प्रहार गरेका उनले २३४ रन छक्काबाट मात्र बनाएका थिए।  बाँकी ५६ रन चौकाबाट बनाएका थिए। पूर्वी दिल्लीस्थित ललिता पार्कमा भएको खेलमा मोहितले अभिजित तेहरो सतक प्रहार गरेका थिए। २ वर्षअघि गौतम गम्भीरको माध्यमबाट दिल्लीको रणजी ट्रफी खेल्ने अवसर पाएका उनले अनौठो रेकर्ड बनाउन सफल भएका हुन्।

२१ वर्षे युवाले दिल्लीको एउटा लोकल क्रिकेट प्रतियोगितामा बनाएको यो रेकर्डमा उनले स्टार खेलाडीहरू क्रिस गेल, ब्रैंडम मैक्कुलम, एबी डीवियर्स तथा विराट कोहलीलाई पछि छोडेका छन्।

मंगलबार मावी इलेवनका लागि ब्याटिङ गरेका उनले ७२ बल खेलेका उनले १२ बलमा ५० रन बनाएका थिए। योसँगै टिमले निर्धारित २० ओभरमा ४१६ रन बनाएको थियो। योसँगै आइपिएलको १०औं संस्करणमा उनलाई अक्सनमा समावेस गरिएको छ।

‘आज विस्फोटक पारी खेल्ने क्रममा मेरो दिमागमा कुनै पनि रेकर्ड बनाउनेबारे सोचेको थिइनँ, मलाई यो पनि थाहा थिएन मै दोहोरो सतक बनाइसकेको छु’ उनले भने,’विपक्षी टीमको बलिङ राम्रो थियो मैले बल आउने बित्तिकै आक्रमक खेल्ने योजना बनाएको थिएँ, २०० रन बनाइसकेपछि ५ ओभर बाँकी रहेको थाहा पाएँ त्यसपछि २ ओभरमा २५० रनको स्कोर पुरा भएपछि साथीलाई स्ट्राइक दिएँ। त्यसपछि बाँकी रहेको १ ओभरमा मैले ३० रन बनाउँदै ३०० रनको आँकडा पुरा गरेँ।’

अहिलेसम्म खेलेका ३ प्रथम श्रेणी क्रिकेटमा उनले मात्र पाँच रन बनाएका थिए। तर, उनको यस विष्फोटक ब्याटिङले आगामी रणजीमा उनको स्थान बनाउने निश्चित छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!