27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको पितौजी स्वास्थ्यचौकीमा जन्माए विदेशीले बच्चा, खुशी भएर बच्चाको नामै ‘खुशी पितौजी’

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२६, बिबेक भण्डारी, नवलपरासीको गैडाकोट नगरपालिका ११ रहेको पितौजी स्वास्थ्य चौकीमा अन्ना नामकी एक फ्रान्सेली महिलाले सुरक्षित रुपमा सन्तान जन्माएकी छिन् । घुम्न नेपाल आएको समयमा यहीँ सन्तान जन्माएकी अन्नाले नवजात शिशुको नाम खुशी पितौजी राख्ने बताएकी छिन् । उनले सुरक्षित रुपमा प्रसूति सेवा दिएको स्वास्थ्य चौकीको नामबाट सन्तानको नाम राख्दा खुशी लागेको बताइन् ।

नेपाल भ्रमणमा रहेकी ३० वर्षीय अन्नाले सोमवार पितौजी स्वास्थ्य चौकीबाट प्रसूति सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख यमबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अन्ना यसअघि दुई पल्ट गर्भ परीक्षण गराउन सोही स्वास्थ्य चौकी पुगेकी थिइन् ।

सुत्केरी व्यथा लागेपछि अन्नाका श्रीमान् फियाले पितौजी स्वास्थ्य केन्द्रमा नै प्रसूती गराउने मनशाय व्यक्त गरेका थिए । अन्ना तीन महिना अघि मात्र यहाँ आएको स्थानीय हरिकला आलेले बताइन् । अन्नालाई सिनियर अनमी गोमा पाण्डे र अनमी निशा महतोले प्रसूति गराएका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!