27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

जिप दुर्घटनामा चार जनाको मृत्यु १६ घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२५, पाल्पा । पाल्पाको दोभान गाविस–४ श्रीडाडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १६ जना घाईते भएका छन् ।

दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

लु १ ज २६८९ नंको जिप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मि भिरमा खसेको थियो । रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!