27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीमा अपाङ्ग बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२४, कावासोती, नवलपरासीको मध्यविन्दु नगरपालिकाकी एक किशोरीमाथी जबरजस्ति करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपि राजेश थापाका अनुसार गएको शनिवार राती देवचुली नगरपालिकामा रहेको सुस्त श्रवण अध्ययन गर्ने विद्यालयमा अध्ययनरत १६ वर्षकी किशोरीलाई देवचुली नगरपालिका १४ निवासी ४० वर्षको ईश्वरी भण्डारीले जबरजस्ति करणी गरेको जाहेरी प्रहरीमा परेपछि पक्राउ गरिएको हो । उनलाई सोमवार नै जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ ।
बालिकाले विद्यालयलाई आफुमाथी भएको घटना विद्यालयमा जानकारी गराएपछि विद्यालयले पनि प्रहरीमा सो घटनावारे जानकारी गराएको थापाले बताए । पीडीत बालिका कान नसुन्ने भएकाले घटनाका वारेमा अनुषन्धानमा समेत अप्ठ्रो परिरहेको थापाले बताएका छन । साङ्केतिक भाषा बुझ्ने दोभाषेको साहारामा पीडीत बालिकासंग बयान लिईएको छ । बयानको क्रममा बालिकाले विद्यालयको पर्खाल नाघेर कोठामा छिरेर जबरबजस्ति गरेको भन्ने बयान दिएको थापाले बताए ।
यता घटना मिलापत्र गर्नका लागि पीडक पक्षबाट दबाब आईरहेको जनाईएको छ ।
बालिकाकी आमाले क्षतीपुर्ती दिएर घटना मिलापत्र गर्न भनेर पिडक पक्षको परिवारले भनिरहेको तर आफुहरु मिलापत्र गर्ने पक्षमा नरहेको बताएकी छन । उनले आफ्नो छोरीलाई न्याय चाहिने भन्दै न्याय दिलाउनका लागि सबैसंग आग्रह समेत गरेकी छन । प्रहरीमा जाहेरी दिन आएकी उनले कतिपयले सामान्य होईछ अलिअलि क्षतीपुर्ती दिएर मिलाउ सम्म भनेको भन्दै दोषीलाई जसरी पनि कारवाहि हुनुपर्ने बताएकी छन । यस्तै अपाङ्ग समन्वय समिती देवचुलीकी अध्यक्ष गोमा घिमिरे दवाडिले अपाङ्गता भएको भनि सामान्य रुपमा यस घटनालाई हेरिन हुदैन दोषीले जसरी पनि सजाय पाउनुपर्ने बताईन । पिडक पक्षबाट घटना मिलाउनका लागि दबाब आईरहेको बताउदै उनले कुनै पनि हालतमा दोषीलाई उन्मुक्ती दिईनु नहुने बताएकी छन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!