27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासी गैडाकोटकी महिलाको एसिड प्रहारबाट मृत्यु, प्रेम सम्बन्ध बिग्रेपछि यस्तो परिणाम

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२४, बुटवल । रुपन्देहीको बुटवलमा एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटा आइतबार बुटवल-६ स्थित मेरिडियन होटलमा बसेका थिए । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्वन्धमा थिए । तर, तुलसाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड हाने । युवतीले सहयोग मागेपछि होटलका स्टाफहरुले सबै ढोका बन्द गरेर युवकलाई पक्राउ गरेर  प्रहरीको जिम्मा लगाइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको उनको बयान छ ।

तुलसाको अनुहार, टाउको र शरिरमा एसिड लागेको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । लुम्बिनी अञ्चल अस्पतालले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गर्‍यो त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं बर्निङ सेन्टरमा रिफर गरिएको थियो । उनलार्इ काठमाडौं लैजाने क्रममा मृत्यु भएको डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी सापकोटाकी सानीआमा र काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!