27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

निकुञ्ज प्रभावित क्षेत्रका बासिन्दा भन्छन्- निकुञ्ज ऐन २०२९ खारेज गर्दै संरक्षणको जिम्मा स्थानीयलाई देउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२४, चितवन । दुर्लभ वन्यजन्तुको तस्करमा राज्य संघ सम्बन्धित व्यक्तिनै संलग्न हुनेगरेको भन्दै निकुञ्ज र आरक्ष संरक्षणको जिम्मा आफूहरुलाई दिन प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज ऐन २०२९ खारेज गर्नु पर्ने पनि माग उनीहरुले राखेका छन् ।

शनिबार र आइतबार चितवनमा दुई दिनसम्म चलेको निकुञ्ज र आरक्ष प्रभावितहरुको प्रथम राष्ट्रिय भेलाले यस्तो माग गरेको हो ।

निकुञ्ज र आरक्ष प्रभावित क्षेत्रका बासिन्दाको सहभागिता बिना राज्यले मात्रै गरेको संरक्षण विदेशमा समेत असफल सावित भएकाले आफूहरुले नै संरक्षण गर्न पाउनुपर्ने माग राखेको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका अध्यक्ष छविलाल न्यौपानेले बताए ।

भेलामा नवलपरासी, चितवन, मकवानपुर, बारा, पर्सा, लगायत १५ जिल्लाका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र, लामटाङ राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट वन्यजन्तु आरक्षण क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको दुदुवा राष्ट्रिय निकुञ्जका पीडितहरु सहभागी थिए ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज ऐन २०२९ खारेज गर्नु पर्ने पनि माग उनीहरुले राखेका छन् । उक्त ऐन जनमुखी नभएको, एकोहोरो संरक्षण व्यवस्थामा आधारित रहेकाले खारेज हुनुपर्ने नवलपरासीबाट भेलामा सहभागी चितवन राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा काम गर्दै आएको माझी मुसहर बोटे कल्याण सेवा समितिका कार्यक्रम संयोजक दीपक बोटेले बताए । उनले यो ऐनमा निकुञ्जका वार्डेनले विना प्रमाण, शंकाको भरमा जो कोहीलाई पनि दोषी ठहर गरेर कारवाही गर्न पाउने प्रावधान रहेको समेत बताए ।

त्यस्तै वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले निकुञ्ज तथा आरक्षबाट प्रत्यक्ष प्रभावित बासिन्दाहरुको जीविकोपार्जनको सवालमा केही पनि नबोलेको गुनासो समेत गरे ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!