27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

प्रहरी हेडक्वार्टरमै सुन तस्कर, डीएसपीले फुकाले एसएसपीको बर्दी, ईतिहासमै पहिलो घटना..

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२३ , काठमाडौं । आइतबार दिउँसो सीआइबीका डीएसपी प्रवीण पोखरेलको टोली प्रहरी हेडक्वार्टरभित्र प्रवेश गर्दा एसएसपी श्याम खत्री युनिर्फममै आफ्नै कार्यकक्षमा थिए । लगत्तै खत्रीको बर्दी उत्रियो, त्यसको केहीबेरमै उनी सीआइबीको हिरासतमा थुनिए । सुन तस्करीजस्तो जघन्य अपराधमा प्रहरी हेडक्वार्डरबाटै उच्चपदस्थ अधिकारीलाई समातेर हिरासतमा कोचिएको यो नेपालको इतिहासमा नौलो घटना हो ।

चार वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा तस्करी गरेको आरोपमा एसएसपी रविराज श्रेष्ठ बर्खास्त भए । आफ्नै गाडीमा विदेशी मुद्रा तस्करी गराएको आरोपमा श्रेष्ठलाई बर्खास्त मात्रै गरिएको थियो । यस वर्ष ३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री आइतबार प्रहरी हेडक्वार्टरबाटै गिरफ्तारीमा परे ।

सीआइबीका डीएसपी पोखरेल आफूभन्दा दुई तह माथिका एसएसपी खत्रीको कार्यकक्षमा प्रवेश गरे । उनले खत्रीलाई आफुसँगै सीआइबीको कार्यालयमा हिँड्न भने । प्रहरी पोशाकमा बसिरहेका खत्रीले केहीबेर अनाकानी गरे । त्यसपछि उनले पोशाक फेरे । र, उनी लुरुलुरु सीआइबीको टोलीसँगै हिँडे ।

प्रहरी स्रोतका अनुसार खत्रीलाई पक्राउ गर्नुअघि आइजीपी उपेन्द्रकान्त अर्याललाई मात्रै जानकारी गराइएको थियो । एसएसपी खत्रीलाई पक्राउ गरेलगत्तै स्वास्थ्य परीक्षणका लागि प्रहरी अस्पताल लगिएको थियो । सबै ठीकठाक देखिएपछि सिधै सीआइबीको हिरासत पुर्‍याइएको थियो । आइतबारबाटै एसएसपी खत्रीको वयान लिन सीआइबीले सुरु गरेको छ ।

सीआइबीको दाबीः संलग्नता लगभग पुष्टि भएपछि समातिएको हो

३४ किलो सुनकाण्डमा समातिएका भरिया र विमानस्थलका कर्मचारीहरुको वयानपछि एसएसपी खत्रीलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान अगाडि बढाएको सीआइबीको भनाइ छ ।

सुन तस्करीमा एसएसपी खत्रीको भूमिका शंकास्पद देखिएको भन्दै यसअघि उनलाई विमानस्थलबाट हेडक्वार्टर तानेको थियो । सीआइबीले ३४ किलो सुन बरामद गर्दा एसएसपी खत्री एयरपोर्टको सुरक्षा हेर्ने जिम्मेवारीमा थिए ।

हेडक्वार्टरको प्रशासन विभागअन्र्तगतको जगेडा राखिएका खत्रीको सुन तस्करीमा संलग्नताका प्रमाणहरु खुल्दै गएपछि कार्यकक्षबाटै समातिएको प्रहरी हेडक्वार्टरको दाबी छ ।

नेपाल प्रहरीको इतिहासमा प्रहरी प्रधान कार्यलयबाट पक्राउ पर्ने खत्री सबैभन्दा उच्च अधिकृत हुन् । सीआइबी स्रोतका अनुसार सुनकाण्डमा खत्रीको संलग्नता देखिने प्रमाणहरु समेत फेला परेपछि पक्राउ गर्ने निर्णय भएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!