27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

नवलपरासी नेबि संघमा फेरी बिबाद चर्कियो (बिज्ञप्ति सहित)

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२३, कावासोती, खगराज सापकोटा । नेपाल बिद्यार्थी संघ नवलपरासीमा फेरी बिबाद चर्किएको छ । जिल्ला अध्यक्ष राजेश पौडेलले केन्द्रिय निर्देशन समेतको बेवास्ता गरी विभिन्न समयमा जिल्ला कार्यसमिति बिस्तार गरेको, गुट र उपगुठ, अल्पमत र बहुमतको राजनीति गरि अल्पमतको कदर र सम्मान नगरी एकलौटि ढंगले चलेको आरोप लगाईएको छ ।आज नेविसंघ का जिल्ला कोषाध्यक्ष लक्ष्मण रिजाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा यस्तो भनिएको हो ।  जिल्लाका बहुमत नेविसंघका विद्यार्थीले नगर्न सल्लाह दिदादिदै पनि पौडेलले असन्तुस्टी सदस्यको चाहना बिपरित आफैले अक्लौटि रुपमा निर्माण गरेको समितिलाईनै बैधानिक भन्दै भेला तथा मिटिङ्ग गरेको प्रति नेविसंघका केहि सदस्य आक्रोशित भएका छन् । उनीहरुले पौडेलको यस्तो गतिबिधिले निबिसंघलाई धरासाई बनाएको भन्दै एक हप्ता भित्र नसच्याए आम भेलाबाट नेविसंघ नवलपरासीको नयाँ कार्यसमिति चयन गरिने समेत चेतावनी दिएका छन् । उता संघका अध्यक्ष पौडेलले विज्ञप्तिको बारेमा आफुलाई  नभएकाले नबोल्ने र कहिँ कसैले सस्थाको लेटरप्याड दुरुपयोग गरि बिज्ञप्ति निकालेको भए त्यो गलत भएको बताए । उनले कोशाध्यक्षको काम आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने हो बिज्ञप्ति निकाल्ने हैन भन्दै आफ्नो समितिमा कसैको असन्तुस्टी नरहेको समेत जिकिर गरे । स्वतन्त्र विद्यार्थी यूनियन( स्ववियु) को चुनाव नजिकिदै गर्दा नेविसंघ नवलपरासीको यो बिबादले चुनावमा नेविसंघको परिणामलाई प्रभाव नपार्ने समेत उनको भनाई छ ।nebisangh

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!