27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

चितवनको भरतपुर यसरी बन्दै छ महानगरपालिका, यसरी हुदैछ वडा विभाजन

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२३, चितवन, भरतपुर उप–महानगरपालिका अब महानगरपालिका बन्ने अन्तिम चरणमा पुगेको छ । पुर्नसंरचना आयोगले पेश गरेको खाका अनुसार भरतपुर अब महानगरपालिका बन्न सबै मापदण्ड पुरा गरिएको छ । साविक भरतपुर उपमहानगरपालिकासंग चित्रवन नगरपालिका र नारायणी नगरपालिका मिसाएर भरतपुर महानगरपालिका बनाउन लागिएको हो । भरतपुर महानगरपालिका बन्दा २८ वटा वडामा विभाजन हुनेछ । भरतपुरमा चित्रवन र नारायणी नगरपालिकालाई मिसाउँदा कुल २ लाख ७४ हजार ६ सय ८७ जनसंख्या हुनेछ । यो महानगरपालिका हुन उपयुक्त हुने जनाइएको छ ।
भरतपुरको हालको जनसंख्या एक लाख ९९ हजार ८ सय ६७, चित्रवन नगरपालिकाको ३४ हजार ९ सय १३ र नारायणी नगरपालिकाको ३९ हजार ९ सय ७ जनसंख्या रहेको छ । प्रस्तावित वडाहरुमा भरतपुर महानगरपालिका वडा नं.१ मा साविक भरतपुर १ र ३, वडा नं.२ मा साविक वडा नं.२ नै कायम गरिएको छ । यस्तै वडा नं.३ मा साविक वडा नं.४, महानगरपालिका वडा नं. ४ मा साविक वडा नं.५, महानगरपालिका वडा नं. ५ मा साविक वडा नं.६, महानगरपालिका वडा नं. ६ मा साविक वडा नं.१०, महानगरपालिका वडा नं. ७ मा साविक वडा नं.११, महानगरपालिका वडा नं. ८ मा साविक वडा नं. १२, महानगरपालिका वडा नं. ९ मा साविक वडा नंं ९ नै कायम गरिएको छ ।
त्यसैगरि महानगरपालिका वडा नं. १० मा साविक वडा नं. ७, महानगरपालिका वडा नं. ११ मा साविक वडा नंं ८, महानगरपालिका वडा नं. १२ मा साविक वडा नं. १३ र १४, महानगरपालिका वडा नं. १३ मा साविक वडा नंं. २१ र २२, महानगरपालिका वडा नं. १४ मा साविक वडा नं. २०, २६ र २८, महानगरपालिका वडा नं. १५ मा साविक वडा नंं. २७ र २९, महानगरपालिका वडा नं. १६ मा साविक वडा नंं. २४ र १९, महानगरपालिका वडा नं. १७ मा साविक भरतपुर वडा नंं. २३, २५ र नारायणी वडा नंं. ७, महानगरपालिका वडा नं. १८ मा साविक भरतपुर वडा नंं.१५ र १६, महानगरपालिका वडा नं. १९ मा भरतपुर वडा नंं. १७ र १८, महानगरपालिका वडा नं. २० मा साविक चित्रवन १, २ र ११ कायम गरिएको छ ।
यस्तै महानगरपालिका वडा नं. २१ मा साविक चित्रवन वडा नं. ३, ४ र ६, महानगरपालिका वडा नं. २२ मा साविक चित्रवन वडा नं. ७, ९ र १०, महानगरपालिका वडा नं. २३ मा साविक चित्रवन वडा नं.५, ८ र १२, महानगरपालिका वडा नं. २४ मा साविक नारायणी वडा नं. ८, ९ र ११, महानगरपालिका वडा नं. २५ मा साविक नारायणी वडा नंं. १० र १२, महानगरपालिका वडा नं. २६ मा साविक नारायणी वडा नं. ४, ५ र ६, महानगरपालिका वडा नं. २७ मा साविक चित्रवन वडा नंं. १३, १४ र नारायणी वडा नं. ३, महानगरपालिका वडा नं. २८ मा साविक नारायणी वडा नं. १ र २ कायम गरिएको छ ।
सरकारले भरतपुरलाई महानगरपालिका घोषणा गर्ने वित्तिकै यी वडाहरु लागु हुनेछ । चितवनबासी रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरलाई महानगरपालिका बनाउन जोड गरिरहनु भएको छ । उहाँले भरतपुर उपमहानगरपालिकाको परिषद् बैठकमा पनि भरतपुरलाई महानगरपालिका बनाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!