27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

रोजगारीका सिलसिलामा विदेसिनेहरूसँग मेनपावरले २ वटा सम्झौता गरी ठग्ने गरेका छन् : मन्त्री गुरुङ

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२३, कावासोती, खगराज सापकोटा । श्रममन्त्री सूर्यमान गुरुङले निःशुल्क भिसा र हवाई टिकट नीति सरकारले घोषणा गरेपनि कागजमा मात्रै सिमित भएको बताउनुभएको छ। सो को कार्यान्वयन गराउन खोज्दा अनेक धम्कीको आफुले सामना गर्नुपरेको वहांले खुलाशा गर्नुभएको छ । आज शुरक्षित आप्रवासन परियोजना (सामी)ले  कावासोतीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले यसो भनेका हुन । उनले यसलाई कार्यान्वयन गर्न नदिन तल देखि माथि सम्मै गिरोह सक्रिय रहेको बताए। कार्यान्वयन गराउन खोज्दा मन्त्रालयमै धम्की आएको पनि उनको भनाइ थियो। कसले धम्की  दिएको हो भनेर उनले खुलाएनन् आफ्ना नजिकका मान्छे लाई समेत प्रलोभनमा पारेर दलाल लागिपरेको वहाको भनाई थियो।
रोजगारीका सिलसिलामा विदेसिनेहरूसँग मेनपावरले २ वटा सम्झौता गरी ठग्ने गरेको पाइएको भन्दै वहाले यसलाई नियन्त्रण गर्न अनलाइनबाट फाराम भर्ने कामको थालनी गरिएको जानकारी दिनुभयो । ठगि हुनुमा मेनपावर र एजेन्ट मात्र नभई रोजगारीमा जाने समेत दोषी रहेको वहाको भनाई थियो । सामी परियोजनाले बैदेशिक रोजगारीमा जानेहरु र उनीहरुका परिवारमा सामन्जस्यता निभाउन र दुखमा परेकाहरुलाई केहि भएपनि राहत दिन सकेको भन्दै सामी परियोजनाको प्रसंसा गर्नुभयो । कतिपय सस्थाले तालिमको बहानामा ठगि गरेको भन्दै सचेत हुन पनि आग्रह गर्नुभयो । मन्त्रालयले श्रम बजारको खोजी गरिरहेको भन्दै मन्त्री गुरुङले उपयुक्त श्रम बजारको खोजी गरी सुरक्षित रोजगार दिलाउन आफू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!