27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीमा हुदैछ यस्तो मेला जहां हिन्दु र मुस्लिमले संयुक्त रुपमा एकै ठाऊमा पुजा गर्ने गर्छन, मदार बाबा मेला फागुन ५ गते देखि

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२३, नवलपरासीको कुडिया गा. बि.स. काे महलबारीमा यहि फागुन ५ गते देखि मदार मेला सुरु हुने भएकाे छ । हरेक बर्ष लाग्दै अाएकाे मदारमेला फागुन ५ गते देखि १४ गते सम्म मेला सन्चालन हुने मदरसा ईस्लामिया कुताबुल कुडियाका अध्यक्ष जमालुदिन असारी ले बताउनु भएकाे छ।  महलबारीमा पत्रकार सम्मेलन गरि उक्त मेला बारे जानकारी गराईएकाे हाे। मेलाका लागि अावश्यक पर्ने पुर्बधारकाे ब्योजनाको तयारीकाे लागि, विभिन्न समिति मार्फत, सरसफाई , खानेपानी बाटाेघाटाे, शाैचालय, सवारीसाधनका लागि पार्किङ, बिजुलि, सन्चारकाे ब्यवस्थापन कार्य तिब्र रुपमा अगाडि बढिरहेकाे अायाेजक ले पत्रकार सम्मेलन मार्फत जनाएकाे छ। मेलामा करिब १० लाख भक्त श्रध्दालुहरुकाे उपस्थिति हुने अनुमान गरिएकाे छ। नवलपरासीकाे एैतिहासिक तिर्थस्थलकाे रुपमा रहेकाे दाउने देबि, रामग्रामस्तुप,  माैलाकालिका,गजेन्द्र माेछधाम मध्ये मदारस्थान पनि एक महत्वपर्ण धार्मिक स्थल हो । मदार बाबाकाे मजारस्थानमा पुगेर मनमा चिताएकाे मनाेकामना पूरा हुने धार्मिक बिश्वास रहि अाएकाे छ। मदारबाबाकाे मजारस्थान महलबारी देखि लगभग ९ किलाेमिटर पहाडमा अवस्थित छ लगभग ३ घन्टा उकालो चढेर पुग्न सकिन्छ । नेपाल र भारतबाट भक्तजन हरुकाे उपस्थिति हुने जनाईकाे छ। मेलालाई सभ्य रभब्य बनाउन कडा सुरक्षाका लागि सुरक्षाकर्मी, स्थानिय स्वयसेवक खटाईने बताईएकाे छ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!