27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

१३ नयाँ राजदूतको नाम टुंगियो,हेर्नुहोस.. को-को परे ? मन्त्रीपरिषदबाट सोमवार हुनेछ निर्णय

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं, माघ-२३, –काँग्रेसले सात राजदूतको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । सरकारले सोमवार १३ राजदूत नियुक्तीको तयारी गरिरहेको बेला काँग्रेसले आफ्नो पार्टीको तर्फबाट नाम सिफारिस गरेको हो ।

काँग्रेस स्रोतका अनुसार यसरी सिफारिस भएका नाममा दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा.जगदिशचन्द्र पोखरेल, डा.दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस भएको हो ।

त्रिवि पूर्वउपकुलपति नवीनप्रकाश शाह, पूर्वराष्ट्रपति डा.रामबरण यादवका सल्लाहकार डा.हरि शर्मा,  पूर्वमहान्यायाधिवक्ता महादेव यादव लगायतको नाम पनि राजदुत सिफारिसका लागि अग्रपंक्तिमा थियो ।

काँग्रेस स्रोतले दावी गरे पनि औपचारकि रुपमा भने नाम बाहिर आएको छैन ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले सोमवार मन्त्रीपरिषद्बाट राजदूतको विषय टुंगिन सक्ने बताए ।

काँग्रेस सभापति देउवा निकट एक नेताले पार्टीका तर्फबाट सिफारिस हुने नाम छनौटका लागि प्रक्रिया शुरु भएको बताए ।

राजदूत छनौटको विषयलाई लिएर काँग्रेसभित्र विवाद थियो ।

१३ देशमा राजदूत खाली छन् । ती देशका राजदूतका लागि यस अघि नै सत्तारुढ दलहरुले भागबन्डा गरिसकेका छन् । कांग्रेस, माओबादी केन्द्र, राप्रपा र मधेश केन्द्रीत दलका तर्फबाट भागबन्डा गरेका हुन ।

केही दिन अगाडि रातोपाटीसँगको कुराकानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा.ऋषीराज अधिकारी अनुसार कांग्रेसको भागमा–६ जना, माओबादी केन्द्रको भागमा–४ जना र राप्रपा र मधेश केन्द्रीत दलको भागमा–३ जना परेको बताएका थिए ।

माओवादीले यस अघि नै नाम टुंगाएको छ ।  माओबादीका तर्फबाट पदम सुन्दास, युमनाथ लम्साल, लक्की शेर्पा र डा.महेन्द्र सिंहको नाम प्रस्ताव गरिएको छ । तर, डा. सिंहलाई मन्त्रीपरिषदको बैठकले गरिवी निवारण कोषको उपाध्यक्ष छनौट समितिमा विज्ञको रुपमा नियुक्त गरेको छ ।

उनको ठाँउमा माओबादीले अर्को व्यक्तिलाई छनौट गर्ने माओवादीले बताएको थियो । माओवादी स्रोतका अनुसार सिंहको ठाँउमा राजदूत हुन चाहनेको सूचि लामो छ । तर, अहिलेसम्म भने टुंगिएको छैन ।

अघिल्लो सरकारका पालामा माओवादी केन्द्रबाट डा.सिंह कतारका लागि, लक्की शेर्पा अस्ट्रेलियाका लागि, युवनाथ लम्साल डेनमार्कका लागि र पदम सुन्दास बहराइनका लागि सिफारिसमा परेका थिए ।

अहिले साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन ।

गत बैशाखमा केपी शर्मा ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदुतहरु नियुक्तिको सिफारिस गरेको थियो । जसमा १३ जना कर्मचारी भन्दा बाहिरका व्यक्ति थिए ।

राजदुतको पद खाली भएका देशहरुमा सहसचिव स्तरका कर्मचारीले कार्यबाहक राजदुतका रुपमा काम गरिरहेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!