27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको तेस्रो राष्ट्रिय महाधिवेशन नवलपरासीको कावासोतीमा सुरु

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२२, कावासोती,खगराज सापकोटा । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको तेस्रो राष्ट्रिय महाधिवेशन शनिबारबाट नवलपरासीको कावासोतीमा सुरु भएको छ । सम्मेलनको श्रम तथा रोजगार मन्त्रि सुर्यमान गुरुङले उद्घाटन गर्नुभयो ।  महाधिवेशनको बन्द सत्रमा गुरुङ जातीको अधिकार , अन्र्तराष्ट्रिय तमु सम्मेलन र तमु लिपिको विषयमा छलफल हुनेछ । संगठन विभाग सचिव डम्बर गुरुङका अनुसार संविधानले धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व, संघियता जस्ता सवालको स्वागत गर्दै तमु स्वायत्त प्रदेशको जोडदार माग गर्ने बताए । बुढीगण्डकी देखी कालिगण्डकी सम्मको गोर्खा, लमजुङ, स्याङजा, तनहु , मनाङ, मुस्ताङ, पर्वतमा गुरुङ बाहुल्यता भएकाले यस्लाई तमुवान स्वायत्त प्रदेश घोषणा गर्ने विषयमा सरकार संग माग गर्न महाधिवेशनले ठोस निर्णय गर्ने उनले बताए । गुरुङ जातीको परम्परागत लिपि लोप हुन लागेकाले यस्को संरक्षणका लागि औपचारीक लिपि घोषणा चयन समेत गर्ने छ । गुरुङ समुदायमा स्यामन , खेमा लिपि प्रचलनमा रहेपनि औपचारीक लिपिकोरुपमा खेमा लिपि लाई विकास गरी संरक्षणमा लाग्न विषयमा समेत बन्द सत्रमा छलफल हुनेछ । महाधिवेशनमा ६५ जिल्ला र विदेशमा रहेका परिषदबाट करिब १ हजार प्रतिनिधि परीवेक्षक सहभागी भएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!