27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको प्रसौनीमा खेलमैदान निर्माण कार्य अन्तिम चरणमा, भलिबल प्रतियोगिता गरी उद्घाटन गरिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२२, कावासोती, नवलपरासीको प्रसौनीमा खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको खेलकुद विकास समिति प्रसौनीले जनाएको छ । दस लाखको बजेटमा निर्माण हुनलागेको उक्त खेल मैदान प्राप्त बजेट खर्चेर निर्माण पुराहुने समितिले जनाएको छ । फागुन दोस्रो साता भलीबल प्रतियोगिता, राष्ट्रिय कलाकार सहितको सास्कृतिक कार्यक्रम साथै केन्द्रीय स्तरका नेता सहितको टोलीले उक्त खेल मैदानको उद्घाटन गर्ने कार्यक्रम आयोजना गरीने समेत समितिले जनाएको छ । उदघाटनको मिति भने तय भइनसकेको समितिको भनाई छ । आज प्रसौनीमा आयोजीत पत्रकार सम्मेलनमा आयोजकले यी कुरा बताएको हो । उद्घाटनका अवसरमा आयोजना हुने कार्यक्रम तथा प्रतियोगिताका लागि सम्बन्धित सबैबाट आवश्यक सहयोग हुने अपेक्षा समितिका अध्यक्ष कृष्ण प्रसाद भुसालले गर्नुभएको छ । खेल मैदानको निर्माणले अव जिल्लास्तिरिय खेलकुद प्रतियोगिता समेत प्रसौनीमा गर्न सहज हुने प्रसौनी गाबिसका सचिव बसन्त बहादुर जोसीले विश्वास ब्यक्त गर्नुभयो । वहाले समितिले गरेको कामको प्रसंसा गर्दै प्रसौनी खेल मैदान उदघाटनका क्रममा आयोजना हुने कार्यक्रम तथा प्रतियोगितामा गाबिसको पनि साथ र सहयोग हुने समेत बताउनु भेयो । प्रसौनिबाट अन्डर फोर्टीन फुटबलको राष्ट्रिय टिममा रन्जन पुन पुग्न सफल भएका छन् भने प्रसौनी गाउँ खेलकुद समिति जिल्लाकै नमुना खेलकुद समिति भएको समेत समितिका अध्यक्ष भुसालले बताउनुभएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!