27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

मध्यबिन्दु नगरपालिकाको जनता मा.बि. हर्दियामा १ दिने कुलत तथा लागुपदार्थ दुर्बेशनी बिषयक जन सचेतनामुलक कार्यक्रम

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२१, कावासोती, खगराज सापकोटा,  आज मध्यबिन्दु नगरपालिका -६ जनता मा.बि. हर्दियामा १ दिने कुलत तथा लागुपदार्थ दुर्बेशनी, बाल बिवाहका बेफाइदा, ट्राफिक नियम र यसको आवश्यकता बिषयक जन सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ईप्रका कावासोतीका प्रहरी निरिक्षक बिकाश भण्डारी तथा ईप्रका कावासोतीका प्रहरी सहाएक निरिक्षक तिर्थ राज गौतम ले सहजीकरण गर्नुभएको कार्यक्रममा ३५० बिद्यार्थी तथा अभिभावकको उपस्थिति थियो । बर्तमान अवस्थामा स्कुलका बिद्धार्थी बढी यस्ता कुलतमा प्रवेश गर्ने भएकोले यस किसिमको तालिम तथा कार्यक्रम आयोजना गर्नुपरेको जनता मा.बि. हर्दियाका पाधानाध्यापक कर्ण बहादुर थापाले जानकारी दिनुभयो । यस गाउं भर्खर शहर उन्मुख भएकाले यस्ता खाले गलत प्रवृति गाउ भित्रिन नदिन र यहाँका बालबालिकालाई समयमै सचेत गराउन यो कार्यक्रमको आयोजना भएको विद्यालयका शिक्षक तथा कार्यक्रम संचालक रमेश कुमार भुसालले जानकारी दिनुभयो ।कार्यक्रमको अध्यक्षता बिधलय ब्यबस्थापन समितिका अध्यक्ष राम प्रसाद भटराईले गर्नुभएको थियो भने  कार्यक्रममा स्वागत विधालयका प्र. अ. कर्ण बहादुर थापाले गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!