27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

यी महिला जसलाई आफ्नै वाईफ्रेण्डले अरुसंग सुत्न पठाउछन

- Advertisement -
- Advertisement -spot_imgspot_img

एक युवतीले अपरिचित व्यक्तिसँग सुतेर महिनाको सात हजार डलरभन्दा बढि कमाउछिन् । तर गलत नसोच्नुस । यहाँ कुनै रासलिला हुँदैन । खाली टाँस्सिएर सुत्ने हो ।

यी हुन् टेक्सासकी ३७ वर्षिया जेनेट त्रेविनो । उनको काम नै अपरिचित व्यक्तिहरुसँग टाँस्सिएर सुत्ने हो, जसलाई ‘प्रोफेसनल कडलर’ भनिन्छ । उनले अन्जान व्यक्तिहरुलाई प्रेमपूर्वक आफ्नो अंगालोमा बेरेर सुताउनुपर्छ र रिल्याक्स महसुस गराउनुपर्छ । यो कामका लागि जेनेटले प्रत्येक घन्टाको ७० डलरभन्दा बढि लिने गर्छिन् ।

सुरुमा उनले यसलाई पार्ट टाइम जबको रुपमा अपनाएकी थिइन् । तर उनीसँग सुत्न मानिसहरु ओइरिन थालेपछि यसैलाई आफ्नो प्रमुख पेशा बनाएकी छिन् । अहिले उनी एक हप्तामा १३ देखि २० घन्टासम्म विभिन्न उमेरका मानिसहरुलाई सुताउँछिन् ।

जेनेटसँग सुत्न ४० देखि ७० वर्षसम्मका पुरुषहरु बढि आउँछन् । तीमध्ये कति धेरै व्यक्तिहरुले कयौं वर्षदेखि कुनै स्त्रीलाई अंगालेका हुँदैनन् । अर्कोतर्फ आजको जमानामा मानिसहरु अनेक समस्या र तनावले घेरिएका हुन्छन् । उनीहरुलाई रिल्याक्स गराउनका निम्ति यस्ता कडलरहरुको माग बढिरहेको छ ।

जेनेटका एक व्वाइ फ्रेण्ड पनि छन् । उनलाई आफ्नी प्रेमीकाले अपनाएको पेशाप्रति कुनै गुनासो छैन । बरु प्रेमिकालाई उनको काममा पूर्ण सहयोग गर्छन् । जेनेटले आफ्नो काम पूरा इमान्दारितापूर्वक गरिरहेको भन्दै उनलाई आफ्नो सँधै सहयोग रहने उनी बताउछन् । -एजेन्सी

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!