27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु २४ जना घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२० । तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये छ जना गम्भीर छन् । दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कामीको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र दुर्घटनामा परी गम्भीर घाइते हुने जामुने–१ बस्ने ३० वर्षीया चिजामाया थापालाई काठमाडौँको ग्रान्डी अस्पतालमा र जामुनेकै मनिषा थापा, लालमाया राना,सुकमाया श्रेष्ठ, मनपाङ–१की अस्मिता श्रेष्ठ र जामुनकै सविता थापालाई पोखरास्थित क्षेत्रीय अस्पताल पठाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । पोखराबाट दमौली आउँदै गरेको ग१ख ३२८८ नंको बस अनियन्त्रित भई पल्टेको थियो । अन्य सामान्य घाइतेको दमौलीको रत्नहरि, व्यास सिटी, नेसनल एपोलो र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक मनपाङ–१ बस्ने भीमसेन नारायण श्रेष्ठसमेत सामान्य घाइते रहेको र उपचारपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!