27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

भोट तान्न संगठन विस्तार गर्दै दल, मधेशी दल समेत चनाखो हुदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-२०, काठमाडौं- सरकारले मिति घोषणा नगरे पनि दलहरूले स्थानीय तहको चुनाव तयारी सुरु गरेका छन्। स्थानीय चुनावलाई लक्षित गर्दै दलहरूले संगठित र साधारण सदस्य बढाउने अभियान थालेका छन्। दलहरूले सदस्यता विस्तार अभियानलाई जिल्लाजिल्लामा तीव्रता दिन थालेका छन्। स्थानीय चुनावको विरोध गर्दै आएका मधेसवादी दलले समेत सदस्य विस्तार अभियान तीव्र बनाएका छन्।

नेपाली कांग्रेसको साधारण सदस्य ११ लाख र क्रियाशील सदस्य ४ लाख ७० हजार  पुगेका छन्। यो रेकर्ड गत साल फागुनमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनसम्मको हो। चुनावलाई लक्षित गर्दै कांग्रेसले अहिले ७५ जिल्लामा केन्द्रीय प्रनिनिधि खटाएको छ। प्रतिनिधिहरूलाई आगामी चुनावलाई केन्द्रित गरी साधारण र क्रियाशील सदस्य परिचालन गर्ने जिम्मेवारी दिइएको पार्टी कार्यालय सचिव प्रेम केसीले बताए। ‘कांग्रेस सबैभन्दा बढी साधारण सदस्य भएको पार्टी हो। चुनावमा हामीले सबै सदस्यलाई परिचालन गर्छौं,’ केसीले भने।

साधारण सदस्य बढाउने अभियानमा एमाले पनि लागेको छ। आगामी चुनावसम्म साधारण सदस्य ४० लाख पुर्‍याउने योजना रहेको एमाले पार्टी कार्यलय मुख्य सचिव कृष्णगोपाल श्रेष्ठले बताए। एमालेका संगठित सदस्य अहिले ४ लाखभन्दा बढी भएको दाबी उनले गरे। ‘एमालेका साधारण सदस्य ४० लाख पुर्‍याउने योजना छ। अहिले हामी संगठन विस्तार अभियानमा छौं’, श्रेष्ठले भने।

तेस्रो ठूलो दल माओवादी केन्द्रले संगठित सदस्य ४ लाख पुर्‍याउने योजना बनाएको। संगठित सदस्य ३ लाख रहेको सो पार्टी कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकीले बताए। उनका अनुसार माओवादी केन्द्र संगठित सदस्यता नवीकरण र विस्तार अभियानमा छ। पार्टी नियमअनुसार कुनै व्यक्ति साधारण सदस्य भएको ६ महिनादेखि एक वर्षभित्र संगठित सदस्य बन्न पाउँछ।

प्रवक्ता पम्फा भुसालले माओवादी केन्द्र चुनावको तयारीमा पूरै लागेको बताइन्। ‘माओवादी केन्द्रले चुनावी तयारीका लागि देशव्यापी अभियान सुरु गरेको छ’, भुसालले भनिन्।

राप्रपा र राप्रपा नेपालबीच एकीरणपछि बनेको राप्रपा पनि अहिले सदस्य संख्या विस्तार अभियानमा छ। सो पार्टीले फागुनसम्म १० लाख साधारण सदस्य बनाउने योजना बनाएको सहप्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपा महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडांैमा हँुदैछ। राप्रपाले सक्रिय सदस्य भने महाधिवेशनपछि मात्र वितरण गर्ने कार्यक्रम बनाएको श्रेष्ठले जनाए।

सदस्य विस्तार अभियान संघीय समाजवादी फोरम नेपालले पनि सुरु गरेको छ। फोरम नेपालले अहिले जिल्ला सम्मेलन गरिरहेको छ। पार्टी कोषाध्यक्ष विजय यादवले क्रियाशील सदस्य डेढ लाखसम्म पुर्‍याउने लक्ष्य रहेको बताए। ‘परिमार्जनसहित संविधान संशोधन विधेयक पास भए चुनावमा जाने, नभए आन्दोलनमा जाने गरी हामीले सदस्य संख्या विस्तार अभियान सुरु गरेका छौं’, यादवले भने।

यस्तै अभियान मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि थालेेको छ। सो पार्टी कार्यालयका मुख्यसचिव परमानन्द मेहताले दुई लाख साधारण सदस्य पुर्‍याउने लक्ष्य रहेको बताए। अहिले पार्टीका सक्रिय सदस्य २५ हजार छन्। ‘अहिले हामी जिल्ला सम्मेलन गर्दैर्छौ। हाम्रा माग सरकारले सम्बोधन गरे चुनावमा जानेगरी संगठन विस्तार अभियान तीव्र बनाएका छौं’, फोरम लोकतान्त्रिक उपाध्यक्ष गीता राणाले भनिन्।

साधारण सदस्य बढाउने अभियानलाई तमलोपाले पनि तीव्रता दिएको छ। तमलोपा सहमहामन्त्री राकेश मिश्रले तराईका २२ सहित ३० जिल्ल्ाामा ५ लाख साधारण सदस्य बनाउने योजना रहेको बताए। ‘पाँच लाखसम्म साधारण सदस्य पुर्‍याउने लक्ष्य साथ हामीले संगठन विस्तार अभियानलाई तीव्रता दिएका छौं’, मिश्रले भने। सो पार्टीको नियममा ११ साधारण सदस्य बराबर एक क्रियाशील सदस्य हुने  प्रावधान छ।

यसैगरी राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी पनि संगठन विस्तारमा लागेको छ। अहिले सद्भावना पार्टीका साधारण सदस्य दुई लाख र क्रियाशील सदस्य ४४ हजार छन्। ‘चुनाव र आन्दोलन दुवैको तयारी सँगसँगै सुरु भएको छ। त्यसलाई केन्द्रित गरी हामीले सदस्य विस्तार अभियान अघि बढाएका छौं’, सो पार्टी महासचिव मनीष सुमनले भने।

संसद्मा प्रतिनिधित्व गरेका अन्य साना दलले पनि सदस्यता वितरण अभियानलाई तीव्रता दिएको  जनाएका छन्।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!