27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नवलपरासीको अभिषेक चर्च काठमाण्डौमा भिडन्त गर्दै, नवलपरासीकै पहिचान बन्ने चर्चको भनाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१९, खगराज सापकोटा । काठमाडौंको जावलाखेलमा सुरु भएको जावलाखेल कप भेट्रान फुटबलमा नवलपरासीको टिमले पनि सभागिता जनाउने भएको  छ । बुधवार नवलपरासीको रजहरमा रहेको अभिषेक चर्चमा पत्रकार सम्मेलनको आयोजना गरि नवलपरासी जिल्लाकै प्रतिनिधित्व गर्ने गरि अभिषेक चर्चका खेलाडिहरुले प्रतिस्प्रर्धा गर्ने भएका हुन । अभिषेक चर्चका प्रमुख सुकुलाल तामाङका अनुसार नवलपरासीबाट ३ जना खेलाडिहरु राजधानी जाने बताउनुभयो वहाले विहिवारको प्रतियोगितामा त्रिभुवन आर्मि क्लव संग प्रतिस्प्रधा गर्ने बताउनुभयो । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै नवलपरासीबाट खेल प्रर्दशन गर्न बुधवार नै खेलाडिहरु राजधानी प्रस्थान गरेको जनाउनुभयो । अभिषेक चर्चबाट ३ जना जितबहादुर तामाङ , शुकुलाल तामाङ र जित गुरुङले सहभागिता जनाउने छन् भने परतियोगीतामा लाग्ने सबै खर्च चर्चले नै ब्यबस्था गर्ने तामाङ्गले बताउनु भयो । २०२४ सालमा नवलपरासीको रजहरमा स्थापना भएको अभिषेक चर्चले जिल्ला तथा राष्ट्रिय स्तरीय  खेलहरुमा प्रतिस्प्रर्धा गरि जित पनि हासिल गरेको बताउनुभयो । चर्चले खेलकुद मात्र नभई सास्कृतिक कार्यक्रमहरु प्नि प्रर्दशन गर्दै आएको । तामाङ्गले यस प्रकारको गतिबिधि मा सहभागी हुनपाउनु गौरव भएको र यी खेलाडीले नवलपरासीको नै सान उच्च राख्ने समेत बताउनु भयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!