27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले पेरिषडाँडामा आज सामुहिक रुपमा राजिनामा बुझाए

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं, माघ-१८ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यलय पेरिषडाँडामा आज सामुहिक रुपमा राजिनामा बुझाएका छन् ।

माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्लामा कार्यरत पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु, केशव नेपाल , केन्द्रीय सदस्यहरु दावा तामाङ, झम्क प्रसाद पराजुली , राजकुमार श्रेष्ठ, माधव सापकोटा ‘सुबोध’ युवराज दुलाल ‘सरद’ सरल सहयात्री, अमृता नेपाल लगायत ७० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित कार्यलयका मुख्य सचिवलाई राजिनामा बुझाएका हुन ।
संगठनात्मक विधि र पद्धतिको कार्यन्वयन सहित समितिहरुको चुस्तताको लागि पार्टीलाई सहयोग गर्न भन्दै माओवादी केन्द्र सिन्धुपाल्चोकको माघ १२ गते सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलाले गरेको निणर्य अनुरुप जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गरेर गएका ७० जनाले संयुक्त राजीनामा बुझाएका हुन ।

पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्ला संयोजक दावा तामाङले बताए ।

अहिलेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पनि बस्न नसकिने र महत्वपुर्ण निर्णय गर्न नसकिने भएकाले विधि र प्रक्रियाको आधारमा पार्टी निर्माण गर्न राजिनामा दिएको माओवादी नेता तथा पूर्वसभासद राजकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘प्रकृयाको आधारमा पार्टीं निर्माणको बहस गर्न राजीनामा दिएका हौं’, उनले भने– तर हामी पार्टीको जिम्मेवारीबाट पन्छने छैनौं ।

अर्का नेता युवराज दुलाल ‘सरद’ले पार्टीलाई नयाँ परिस्थितिमा नयाँ ढंगले अगाडी बढाउनु पर्ने आवस्यकता भएकाले आगामी निर्वाचनमा पार्टीलाई १ नम्बरको पार्टी बनाउने सकारात्मक उदेश्य सहित देशभर नयाँ सन्देश दिने हिसाबले सिन्धुपाल्चोकले नयाँ अभियान चलाएको बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्