27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

७८ वर्षको उमेरमा अन्तर्जातीय प्रेम विवाह, छोरानाति जन्ती प्रमुख जिल्ला अधिकारी अतिथि

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१८, एउटा हातमा लौरो अर्को हातमा श्रीमती । गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा छोरानाति जन्ती भए । प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथि ।

यसअघि अर्वेनी ५ का सुनारले स्थानीय ब्राम्हण समुदायकी ४३ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा गाउँ निकाला भएका थिए । स्थानीय केही व्यक्तिले उनको घर भत्काउन लगाएर वनवास पठाएका थिए ।

उनै लालबहादुरले ७८ वर्षको उमेरमा सावित्रासँग पुनर्विवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यवहार गर्दै गाउँ निकाला गरिएको थियो त्यसै स्थानबाट बाजा बजाउँदै लालबहादुरले सावित्रालाई भित्र्याए । उनको विवाहमा स्थानीयबासी, दलित अधिकारकर्मी र सरकारी अधिकारी सहितको टोली सहभागि थिए ।

अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्रांगणमा आयोजित पुनस्थापना कार्यक्रममा ती दुबैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले दोसल्ला ओढाउँदै २ हात जोडेर अभिनन्दन समेत गरेका छन् ।

भत्काइएको उनको घर स्थानीबासीले बनाएर ससम्मान पुनस्र्थापना र नौमति बाजामा नाच गान गर्दै पुनर्विवाह समेत गरीदिएका छन् । पहिला खरले छाएको घर थियो । अहिले टिनको छाना छ । २ वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ।

गाविस भवनबाट पुनर्विवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडि बढ्दै गरेको बेला ती नवदम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुंगानाले सुखद दाम्पत्य जीवनको शुभकामना समेत दिए । प्रजिअको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले नवदुलहीको हात समाउँदै लागे उकोलो तिर । झण्डै डेढ महिना पछि नवनिर्मित घरमा पसे, उनी ।

करिव १५ मिनेटको उकालो बाटोसम्म उनले नवदुलहीको हात छाडेनन् । हसीन र लल्जालु मुद्रामा सावित्राले पनि उनको हात समाति रहेकी थिइन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी मानवअधिकारकर्मी पत्रकार सयौं स्थानीयबासी जन्तीका रुपमा थिए । घरमा पुग्दै गर्दा खुशीले गद्गद ती दम्पत्ती घरको आँगन रुपी वारीमा पुगरे नौमतिमा कम्मर मर्काउँदै नाचे ।

४३ वर्षीया बेहुली नाँच्दा नाच्दै अलि लजाए जस्तो गरिन् । ७८ वर्षीय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रालाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण सुनारले ‘भैगो उहाँ लजाउनु भयो अब भित्र पसाउने काम गरौं’ भने ।

घरभित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिइन् भने ३८ वर्षीय छोरा अनुराम र ३ वर्षीय नाति जन्तीको पंक्तिमा उभिएका थिए । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईलाई आज ससम्मान घर भित्रिन पाउँदा भन्ने प्रश्नमा ति दुवैले भने–‘असाध्धै खुशी छौं सबैको जय होस् ।’

२२ वर्ष अघि श्रीमतीको देहान्त भएपछि बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारीदेखि सहभागी सबै थिए । धेरैले बाजा तालमा नाचेर खुशीयाली मनाएका थिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्