माघ-१७, कावासोती, खगराज सापकोटा । देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सचिव परि थापाले ठुला दलले राजिनितिलाई अपराधीकरण र अपराधीलाई राजनीतीकरण गर्ने परिपाठीले देश ठुलो खाडलमा फसेको बताउनुभयो । वहांले ठुला राजनीतिक दलकाबाटै भ्रस्टाचारीलाई संरक्षण गर्ने र अपराधीलाई पार्टीमा प्रवेश र प्रोत्साहन दिने गरेको समेत आरोप लगाउनुभयो । आज क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीले कावासोतीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभेको हो । देश गणतन्त्रमा गएको भएपनि अझै पुरातनबादी सोच लेजरा गाडेको र सम्पूर्ण राज्य संचालन ब्याबस्था भ्रस्टाचार, कमिसनखोर र सरकारी संयन्त्रमा तल देखि माथि सम्मै राजनीति हावी भएकोले सम्पूर्ण संरचना नै ध्वस्त पारेर नयाँ ढंगबाट शुरु गर्नुपर्ने समेत बताउनुभयो । जनजीविकाको आन्दोलनका लागि देशभक्त, क्रान्तिकारी शक्तिहरु एक ठाउंमा उभिनु आवश्यक रहेकोमा जोड दिनुभएको छ । नेता थापाले आफुहरु यो संबिधाननै नमान्ने भएपनि चुनाबको नजिकको परिस्थिति हेरेर मात्रै चुनावमा जाने कि बहिस्कार गर्ने भन्ने बिषयमा पार्टीले निर्णय गर्ने बताउनुभयो ।