27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

पार्टीमा पनि जेसिजमा जस्तै एक व्यक्तिले एक कार्यकाल पछि अर्कोलाई अवसर दिनुपर्छ : कांग्रेस नेता शशांक

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१६, गैडाकोट, बिबेक भण्डारी ।  नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान कार्यान्यवनमा जनताको साथ चाहिएको बताउनुभएको छ । गैडाकोट जेसिजको  १० औ पदहस्तान्तरण तथा  पदस्थापन कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री कोइरालाले राजनीतिक निकासका लागि जनताको साथ अहिलेको आवश्यकता रहेको बताउनुभयो । अर्को प्रशंगमा महामन्त्री कोइरालाले अहिलेको समयमा जेसिसको भविस्य सुन्दर र उज्जल रहेको बताउनुभयो । उहाले जेसिजका अध्यक्ष हरुले आफनो कार्यकाल पुरा गरेर जसरी आफनो पद हस्तान्तरण गर्छन् त्यसै गरी राजनीतिक पार्टीका नेताहरुले पनि कुर्सीमा टासीए झैँ नबसेर एक कार्यकाल पछि अरुलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय लाखौ युवाहरु बिदेसिएको सन्दर्भमा  उहाँले जेसिस को नियम अनुसारको तालिम दिन सक्ने हो पलायन हुने क्रम रोक्न सकिने बताउनुभयो । उहाँले सरकारले पनि युवा लक्षित तातिम ल्याउन आबश्यक रहेको बताउनुभयो  । महामन्त्री कोइरालाले सम्पुर्ण  एक हुनुको विकल्प नभएको दोहो-याउनुभयो ।  आईतकार गैडाकोट जेसिजको १० औँ पदहस्तान्तरण तथा  पदस्थापन कार्यक्रम गैडाकोटमा सम्पन्न भएको छ । बर्ष २०१६ का जे सि  गोबिन्द कण्डेल ले बर्ष २०१७का लागी अध्यक्ष जेसि गणेश पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो । त्यस्तै अन्य पदका लागी समेत  पद हस्तान्तरण गरिएको छ । कार्यक्रममा  बिभिन्न राजनितिक पार्टीका  अध्यक्ष तथा प्रतिनिधि संघ संस्थाका प्रमुख तथा प्रतिनिधि   लगायतको उपस्थित रहेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्